Comments Add Comment

पूर्वजर्नेल भरतकेशर सिंहको निधन


६ साउन, काठमाडौं ।  विश्व हिन्दू महासंघका अध्यक्ष भरतकेशर सिंहको निधन भएको छ ।

सिंहको ललितपुरस्थित बयोधा अस्पतालमा उपचारका क्रममा आइतबार बिहान निधन भएको हो ।वयोधा अस्पतालले सिंहको आइतबार बिहान ३ः१५ बजे निधन भएको पुष्टि गरेको छ ।

८२ बर्षीय सिंहलाई अस्पताल लैजाँदा पिसाव सम्बन्धी समस्या थियो । पछि निमोनियाँ देखिएको र अन्ततः हृदयाघातका कारण निधन भएको वयोधा अस्पताल स्रोतले जानकारी दिएको छ ।

सिंहको पार्थिव शरीरलाई दिउँसो साढे १२ बजे अन्तिम श्रञ्द्धाञ्जलीका लागि केहीबेर वनकालीमा राखिने र आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने विश्व हिन्दु महासंघले जानकारी दिएको छ ।

सिंह  पूर्वशाही पार्रश्ववर्ती अर्थात् तत्कालीन राजाका एडीसीसमेत हुन् । ज्ञानेन्द्रकाे शाही शासनपछि दलहरूलार्इ सार्वजनिक अालाेचना गरेर उनी विशेष चर्चामा अाएका थिए ।  पूर्वराजा ज्ञानेन्द्र शाहनिकट सिंह नेपाली सेनाका पूर्वउपरथी हुन् । उनले आफ्नो जीवनको लामो समय दरबारको सेवामा बिताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment