Comments Add Comment

तरुण दलका जिल्ला सदस्य पेस्तोलसहित पक्राउ


७ साउन, काठमाडौं । नेपाल तरुण दल, नवलपरासीका जिल्ला सदस्य किशोर आचार्य पेस्तोल र खुडासहित पक्राउ परेका छन् ।

बर्दघाट नगरपालिका–१०, ध्रुवटोल घर भएका आचार्यलाई प्रहरीले आइतवार साँझ ७ः३० बजे बर्दघाटको टिसियन चोककाट पक्रेको हो ।

जिल्ला प्रहरी कार्यालय, बर्दघाट सुस्ता पश्चिमका प्रहरी उपरीक्षक राजेन्द्र भट्टले शंका लागेर खानतलासी गर्दा आचार्यको साथबाट फलामको ठूलो खुँडा र पेस्तोल फेला परेपछि नियन्त्रणमा लिइएकाे जानकारी दिए ।

पक्राउ परेका आचार्यलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । उनीमाथि हातहतियार खरखजनाअन्तर्गत मुद्दा चलाउने प्रहरीको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment