Comments Add Comment

कृषिमन्त्रीलाई ११ बुँदे मागपत्र

११ साउन, काठमाडौं । राज्यको नीति कृषि मैत्री हुन नसकेको साथै बजेट पनि आवश्यकता अनुसार विनियोजन हुन नसकेको भन्दै कृषि तथा पशुपंक्षी मन्त्री चक्रपाणि खनालको ध्यानाकर्षण गराइएको छ ।

कृषि क्षेत्रसँग सम्बन्धित विभिन्न ६ वटा संघ-संस्थाहरुले ११ बुँदे माग सहित कृषि मन्त्री खनालको ध्यानाकर्षण गराएका हुन् ।

सरकारले कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको बताए पनि कृषि क्षेत्रबाट आत्मनिर्भर हुनसक्ने वातावरण बनाउन नसकेको भन्दै उनीहरुले त्यसतर्फ ध्यानदिन मन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

ती संघ-संस्थाहरुले स्वदेशमा उत्पादित वस्तुको बजार व्यवस्थापन तत्काल गरिनु पर्ने, बजार नपाएका कारण फाल्नु परेका कृषिजन्य उत्पादनहरुको क्षतिपुर्ति दिनुपर्ने, उत्पादित बस्तुको न्यूनतम समर्थन मूल्य तोकिनुपर्ने, बाली बीमा सहज र किसानलाई निःशुल्क स्वास्थ्य बीमा गरिनुपर्ने लगायतका माग गरेका छन् ।

कृषि क्षेत्रमा प्रयोग हुने वस्तुको भन्सार छुट तथा किसानलाई वर्गीकरण गर्न समेत उनीहरुले माग गरेका छन् ।

किसान चौतारी नेपाल, अष्ट ज अभियान नेपाल, कृषि उत्पादन तथा बजारीकरण राष्ट्रिय सञ्जाल, उन्नत प्रविधि व्यवसायिक कृषक समूह, कालिमाटी तरकारी तथा फलफुल व्यवसायी महासंघ र कालिमाटी फलफुल तथा तरकारी व्यवसायी संघले संयुक्त रुपमा मन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment