+
+
Shares

आइपिएल खेल्न सन्दीप भारततर्फ

रासस रासस
२०७५ चैत ६ गते १७:४७

६ चैत, काठमाडौं । भारतमा हुने बाह्रौ संस्करणको इण्डियन प्रिमियर लिग (आइपीएल) खेल्न राष्ट्रिय क्रिकेट टोलीका सदस्य एवं लेग स्पिनर सन्दीप लामिछाने आज त्यसतर्फ प्रस्थान गरेका छन् ।

यही चैत ९ गतेदेखि भारतका विभिन्न ठाउँमा शुरु हुने उक्त प्रतियोगितामा सहभागिता जनाउन सन्दीप जेट एअरवेजबाट दिल्ली प्रस्थान गरेका हुन् । सन्दीपको टिम दिल्ली क्यापिटल्सले आफ्नो पहिलो खेल यही चैत १० गते मुम्बई इण्डियन्ससँग खेल्नेछ ।

गत सिजनको आइपिएपलमा दिल्ली डेयरडेभिल्सबाट खेल्दै सन्दिप आइपीएल खेल्ने पहिलो नेपाली खेलाडी समेत बनेका थिए । सन्दीपले गतवर्ष दिल्लीबाट अन्तिम तीन खेलमा पाँच विकेट लिंदै उत्कृष्ट खेल प्रदर्शन गरेका थिए । उक्त प्रतियोगितामा सन्दीपको पारिश्रमिक २० लाख भारतीय रुपैयाँ रहेको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?