Comments Add Comment

पोखराको सेदीमा सांस्कृतिक शैलीको रिसोर्ट, ६ करोड लगानी


१४ साउन, पोखरा । पर्यटकीय नगरी पोखरामा एकपछि अर्को होटल थपिइरहेका छन् । यही क्रममा पोखरा–१८ सेदीमा मौलिक शैलीमा निर्मित अर्को रिसोर्ट थपिने भएको छ । फेवातालको माथिल्लो भाग सेदी बगरमा मौलिक शैलीमा ‘द कल्चर रिसोर्ट’ आगामी असोजबाट सञ्चालनमा आउन लागेको हो ।

६ करोड लगानी दावी गरिएको रिसोर्टमा मौलिक, पुरातात्विक र सांस्कृतिक पक्षलाई जोड दिइएको सञ्चालक प्रकाश कार्की बताउँछन् ।

‘मौलिक र सांस्कृतिक महत्वलाई ध्यानमा राखेर रिसोर्ट सञ्चालनमा ल्याउन लागेका हौं । पर्यटकीय नगरी पोखरामा रिसोर्ट नयाँ डेस्टिनेसन हुनेछ,’ सञ्चालक कार्कीले भने ।

रिसोर्टमा खानादेखि भेषभुषा र विभिन्न सांस्कृतिक कार्यक्रम मुख्य आकर्षण बन्ने उनले बताए । फेवातालको किनारमा मौलिक स्वाद पस्कने उनको भनाइ छ ।

‘रिसोर्टका कोठाबाटै फेवातालको मनोरम दृश्य कैद गर्न पाइने छ भने आँखैमा शान्ति स्तूप ठोक्किन आइपुग्नेछ,’ रिसोर्टको विशेषताबारे भने ।

रिसोर्टमा सुविधासम्पन्न ११ वटा डिलक्स कोठा हुनेछन् । गार्डेन रेस्टुरेन्ट, गार्डेन बार र स्पा पनि रहनेछन् । असोजको पहिलो हप्ता सञ्चालनमा ल्याउने तयारी गरिएको यो रिसोर्टमा स्विमिङ पुल पनि हुनेछ ।

हाल निर्माणाधीन रिसोर्ट मौलिक शैलीका ढुंगा छापेर बनाइएको छ । काठ पनि मौलिक शैलीकै प्रयोग गरिएको छ ।

सराङकोटसम्म सञ्चालन हुने केबलकारको सेदीमा रहने स्टेसनको पश्चिममा निर्माणाधीन रिसोर्ट हल्लनचोकदेखि करिब २ किलोमिटरको दुरीमा छ । शान्त र एकान्त मन पराउने पर्यटकलाई लक्षित गर्दै रिसोर्ट सञ्चालनमा ल्याउन लागिएको सञ्चालक कार्कीले जानकारी दिए । ‘पोखरामा पर्यटक लक्षित थुप्रै होटल तथा रेस्टुरेन्ट खुलिरहेका छन् तर हामीले फरक स्वाद पस्किन लागिरहेका छौं,’ कार्कीले भने, ‘नेपाली संस्कृतिको जर्गेनासँगै सेवा दिन लागेका हौं ।’

६ रोपनी क्षेत्रफलमा निर्माणाधीन रिसोर्टले नाफा कमाउनेमात्रै नभइ सामाजिक क्षेत्रमा पनि उत्तरदायित्व निर्वाह गर्ने कार्कीको भनाइ छ ।

रिसोर्टमा सय जना क्षमताको समिनार हल पनि हुने छ । रिसोर्टमा ५ हजार रुपैयाँमा कोठासहितको प्याकेज पनि दिइने उनले बताए । ग्राहकको चाहानाअनुसार घोडामा रिसोर्टमा ल्याउने–पुर्याउने, फेवाताल आसपासमा घुमाउने प्रवन्ध रिसोर्टले मिलाउने छ भने गाडीको व्यवस्था पनि गर्नेछ ।

एकान्तमा बसेर किताब लेख्ने तथा अनुसन्धानमा आउने पाहुनालाई विशेष छुट प्रदान गर्ने योजना रिसोर्टले बनाएको हो । ‘पोखरा आउने पर्यटक रमाउनका लागि मात्रै नभएर विभिन्न उद्देश्यले आउँछन्,’ कार्कीले भने, ‘हामीले सिर्जनात्मक कामका लागि आउने पाहुनालाई विशेष सुविधा तथा छुट दिने छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment