Comments Add Comment

एनआईसी एशिया बैंककोे सत्रौं शाखारहित बैंकिङ सेवा

२३ साउन, काठमाडौं । एनआईसी एशिया बैंक गुल्मी जिल्लाको गुल्मीदरबार गाउँपालिकाको ठूलोपोखरामा आप्fm्नो सत्रौं शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ ।

बैंकले गुल्मीदरबार गाउँपालिकाको ठूलोपोखरामा संचालनमा ल्याएको शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गुल्मीदरबार गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष हिरा बहादुर खत्रीको उपस्थितिमा सम्पन्न भयो र उक्त शाखारहित बैंकिङ्ग सेवाका प्रतिनिधिको रुपमा बैंकले खुमलाल अर्याललाई नियुक्त गरेको छ ।

शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो गाउँमै स्थानीय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन् । साथै सो सेवाबाट बैंकिङ्ग कारोबारको लागि स्थानीय बासिन्दाहरुलाई लामो दुरीसम्म हिड्नु पर्ने बाध्यताको अन्त्य गरी ग्रामीण र दुर्गम क्षेत्रहरुमा बैंकिङ्ग कारोबारको विकास हुने विश्वास बैंकले लिएको छ ।

यस्तो सेवाबाट स्थानीय बासिन्दाहरुले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्नेे, मोवाईल रिचार्ज गर्ने, उपयोगी सेवा -जस्तैः टेलिफोन, मोबाईल, एडिएसएल, डिस होम) को महसुल भुक्तानी गर्ने, स्वीकृत सिमा भित्र रहि कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा व्याज भुक्तानी गर्न सक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment