Comments Add Comment

बाइपास सडकका खाल्डाखुल्डी पुर्दै वीरगञ्ज महानगर

असोज मसान्तभित्र नयाँ बसपार्क निर्माण गर्न निर्देशन

२४ साउन, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका अधिकांश सडक जीर्ण अवस्थामा छ । जनप्रतिनीधि आइसकेको अवस्थामा पनि सडकहरु जीर्ण रहँदै आएका छन् ।

सडकमा रहेका खाल्डाखुल्डीले गर्दा दुर्घटनाको जोखिम बढ्नुको साथै सवारी साधनको मर्मत खर्च पनि बढी निस्कने गरेको छ । देशकै मुख्य प्रवेशद्वार एवं आर्थिक नगरीको रुपमा पहिचान बनाएपनि वीरगञ्जको सडकको अवस्था जर्जर देखिन्छ ।

दैनिक हजारौं मालबहाक सवारी हिँड्ने वीरगञ्जको गण्डकचोकदेखि मितेरीपुलसम्मको बाइपास सडक खण्डको अवस्था झनै नाजुक छ ।

सडकमा ठूला ठूला खाल्डाखुल्डी भएका कारण सवारी आवत जावतमा समस्या छ । वर्षाको पानी जमेर सडकमै ताल बन्ने गरेको छ । घाम लाग्ने वित्तिकै धुँलोले ढाक्ने गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ वैशाखमा वीरगञ्जमा आउँदा मर्मत गरिदिने आश्वासन दिएको भएपनि काम नभएको गुनासो महानगरपालिकाले गर्दै आएको थियो ।

तर, सर्वसाधरण, सवारी चालक, र यातायात व्यवसायीहरुलाई परेको समस्यालाई मध्यनजर गरेर वीरगञ्ज महानगरपालिकाले बाइपास सडक खण्डमा डोजर चलाएर मर्मतको काम सुरु गरेको छ ।

बाइपासमा रहेको खाल्डाखुल्डी पुरिसकेपछि घण्टाघरदेखि बसपार्कसम्मको लिंक रोडमा समेत मर्मत गरिने महानगरपालिकाले जनाएको छ ।

वीरगञ्ज भन्सारदेखि गण्डक चौकसम्म बाइपास सडकको अवस्था अतिनै जरजर भएपछि महानगरपलिकाले मर्मत सम्भार सुरु गरेको नगर प्रमुख विजयकुमार सरावगीले जानकारी दिए ।

त्यसैगरी नगर प्रमुख विजयकुमार सरावगी सहितको टोलीले बर्सपाकमा निर्माण भइरहेको अत्याधुनिक बसर्पाकको समेत निरीक्षण गरेको छ । आशिष, स्वच्छन्द रोशन जेभीले नर्माण गरिरेहेको अत्याधुनिक बसपार्क निर्माणमा ढिलाइ हुँदा समस्या बढ्दै गएको छ ।
विभिन्न बहाना गरेर निर्माण कम्पनीले काममा ढिलासुस्ती गर्दै आएको छ ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भिष्मकुमार भुषालले निर्माण कम्पनीलाई असोज मसान्तभित्र बसपार्क निर्माण गरिसक्न भनिएको जानकारी दिए । ‘बसपार्क निर्माणको अवस्था र त्यहाँ देखिएका समस्याहरुको बारेमा हामीले छलफल गर्‍यौं । धेरै कामहरु बाँकी देखिएका छन्,’ डा भुषालले भने, ‘ठेकेदार कम्पनीको म्याद पनि सकिएको रहेछ, केही समय दिएर काम सक्काउन लगाउने कि भन्ने महानगरपालिकाको सोच छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment