Comments Add Comment

महिना नसकिँदै पूरै हाजिर गर्ने डाक्टरमाथि कारबाही सिफारिस

२६ साउन, जाजरकोट । महिना बित्नु अगावै हाजिर गरेर बेपत्ता हुने चिकित्सकलाई स्थानीय प्रशासनले कारवाहीका लागि सिफारिश गरेको छ ।

साउनभरिको हाजिर गरेर जिल्ला छाडेकी जाजरकोट जिल्ला अस्पतालमा कार्यरत स्त्रीरोग विशेषज्ञ डा. पूर्णिमा राईमाथि कारवाही प्रक्रिया अघि बढाइएको हो ।

जिल्ला प्रशासन कार्यालय, जाजरकोटले सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खतिवडा नेतृत्वमा गरेको अनुगमनका क्रममा अस्पताल प्रमुखलाई जानकारी नै नदिर्इ राई साउनभरिको हाजिर जनाई नेपालगञ्ज गएको पाइएको थियो ।

जाजरकोटका प्रमुख लिल्ला अधिकारी ललितबहादुर बस्नेतले राईलाई स्वास्थ्य सेवा ऐनअनुसार कारवाहीका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, सुर्खेतस्थित स्वास्थ्य सेवा निर्देशनालय र कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयलगायतमा लिखित पत्राचार गरिएको जानकारी दिए ।

उनले जिल्ला छाडेपछि प्रसूतिलगायत स्त्रीरोगसम्बन्धी विशेषज्ञ सेवा ठप्प छ । दुई वर्षअघि नै १५ बेडबाट ५० बेडमा स्तरोन्नति गरिएको उक्त अस्पतालमा नौ विशेषज्ञ चिकित्सकको दरबन्दी भए पनि हालसम्म विशेषज्ञ सेवा शुरु हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment