Comments Add Comment

धरानमा दोस्रो चरणको ‘मिस प्लस टु’ हुँदै

२७ साउन, धरान । पूर्वको सुन्दर नगरी धरानमा प्लस टु अध्ययनरत छात्राहरुलाई लक्षित गरेर दोस्रो चरणको ‘मिस प्लस टु’ प्रतियोगिता हुँदैछ । यसका लागि भदौ ९ गते अडिसन हुने आयोजकले जानकारी दिएका छन् ।

बिग इभेन्ट नेपालको आयोजनामा धरान ९ पुतलीलाइन स्थित हाङकुक साराङ कोरियन रेष्टुरेन्टमा अडिसन राउण्ड हुने आइतबार पत्रकार सम्मेलनमार्फत आयोजकले जानकारी गराए । अडिसनबाट छनोटमा परेका सहभागीले असोज १३ गते धरान ८ स्थित सभागृहमा प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा अडिसनमार्फत २५ जना छात्रालाई छनोट गरिने मिस प्लस टु दोस्रो सिजनका संयोजक तथा बिग इभेन्ट नेपाल प्रालिका अध्यक्ष सन्तोष राईले बताए ।

छनोटका लागि न्यूनतम ५ फिट उचाइ भएका १६ वर्षदेखि २२ वर्ष सम्मका ११ तथा १२ कक्षामा अध्यनरत किशोरीहरु हुनुपर्ने बताइउको छ । १२ कक्षाको परीक्षा दिएर परीक्षाफलको पर्खाइमा रहेकाहरुले पनि प्रतिस्पर्धामा भाग लिन पाउनेछन् ।

विजेताले पुरस्कारस्वरुप नगद ४५ हजार, फस्ट रनरअपले २५ हजार र सेकेन्ड रनरअपले १५ हजार रुपैयाँ पाउनेछन् । विजेता तथा उपविजेताले निःशुल्क छात्रावृत्तिसमेत प्राप्त गर्ने बताइएको छ ।

अडिसनमा छनोट भएकाहरुलाई महिला सशक्तीकरण तथा महिला अधिकारका विषयलाई लक्षित गरी उनीहरुको व्यक्तित्व विकासमा सहयोग पुग्ने तालिमहरु प्रदान गरिने कार्यक्रम संयोजक राईले बताए । सम्बन्धित विज्ञहरुबाट तीन हप्ता तालिम दिइने उनले बताए ।

पत्रकार सम्मेलनमा मिस प्लस टु-२०१७ की बिजेता सिमरन तुलाधर, फस्ट रनरअप विलम राई, सेकेन्ड रनरअप आरती बस्नेत लगायतको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment