Comments Add Comment

फोन शुल्क घटाउन नेपाल टेलिकमलाई प्रधानमन्त्रीको निर्देशन

१७ भदाै, काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले कम्तिमा एक हप्ताका लागि फोनको शुल्क घटाउन नेपाल टेलिकमलाई निर्देशन दिएका छन् ।

गृहमन्त्रालयले आयोजना गरेको संविधान दिवस मूल समारोह समितिको बैठकमा प्रधानमन्त्री ओलीले संविधान दिवसको अवसरमा शुल्क घटाउन टेलिकमलाई निर्देशन दिएका हुन् ।

यस्तै, दिवसका अवसरमा शैक्षिक संस्था, स्थानीय तह र अन्य निकायहरुलाई विविध कार्यक्रम आयोजना गर्न प्रधानमन्त्री ओलीले निर्देशन दिएका छन् । ‘संविधान दिवशलाई सबैको दिवस बनाउनु पर्दछ । यो जनजाति, महिला, दलित, मधेस, पहाड, हिमाल सबैकोे उत्सवको दिन हो,’ प्रधानमन्त्री ओलीले भने, ‘ यस अवसरमा सबै जातजातिले आफ्नो भेषभुषा र झाँकी प्रदर्शन गर्नु उपयुक्त हुन्छ ।’

प्रधानमन्त्री ओलीले संविधान दिवसको व्यापकतालाई थप वृद्धि गर्न प्रज्ञाप्रतिष्ठानलाई संविधान र समृद्धि विषयमा कविता गोष्ठी आयोजना गर्न आग्रहसमेत गरेका छन् ।

सोही समारोहमा प्रधानमन्त्री ओलीले संविधानसभाबाट संविधान निर्माणका लागि जनताले ठूलो संघर्ष गरेकोले संविधान दिवसलाई जनताको दिवसका अवसरमा मनाउनु पर्ने बताए । ‘२०७२ साल असोज ३ गते संविधानसभाबाट नेपालको संविधान जारी भएको हो । संविधान दिवस सबभन्दा ठूलो राष्ट्रिय दिवस हो । यसलाई जनताले अपनत्व गर्ने गरी मनाउनु पर्दछ ।’

संविधान दिवसलाई सरकारी कार्यक्रम जस्तो मात्र बनाउनु नहुने प्रधानमन्त्री ओलीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment