Comments Add Comment

एसिया कप छनोटः नेपालको खराब सुरुवात

१९ भदौ, काठमाडौं । एसिया कप छनोटमा हङकङविरुद्ध टस जितेर ब्याटिङ थालेको नेपालले खराब सुरुवात गरेको छ ।

क्वालालम्पुरको यूकेएम ओभलमा नेपालका ओपनर सुवास खकुरेल शुन्यमै आउट भएका छन् । तेस्रो नम्बरमा कप्तान पारस खड्का आफैं आएका थिए  । तर, उनी पनि अनिलकुमार साहसँग २२ रनको साझेदारी गर्दै आउट भएका छन् ।

आठौं ओभरको अन्तिम बलमा आउट भएका उनले मात्र १४ रन बनाए ।

चौथो नम्बरमा आएका ज्ञानेन्द्र मल्लले अनिलसँग २१ रनको साझेदारी गरे । लगतै दुबै आउट भएका छन् । अनिल १५ र ज्ञानेन्द्र १२ रनमा आउट भएका हुन् ।

शीर्ष दुईमा पर्ने झिनो आश बोकेको नेपालको टोलीमा ललितनारायण राजवंशी छन् भने करण केसी परेका छैनन् ।

शीर्ष दुईमा पर्न नेपालले हङकङलाई भारी अन्तरले हराउनुका साथै ओमानले यूएईलाई पनि त्यसरी नै हराउनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment