Comments Add Comment

प्रचण्ड भारतबाट फर्किएको तीन दिनपछि चीन जाने

१९ भदौ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पर्सि भारत भ्रमणमा जाने भएका छन् । भारतबाट फर्किएको तीन दिनपछि उनी अर्को छिमेकी मुलुक चीनको भ्रमणमा जाने कार्यक्रम तय छ ।

दुबै छिमेकी मुलुकले नेकपाका अध्यक्षसँग छलफल गर्ने इच्छा राखेकाले जान लागेको प्रचण्डले बताएका छन् । ‘भारत भ्रमण भनेपछि धेरेले शंका गर्छन्’ खुमलटारस्थित आफ्नै निवासमा पत्रकारहरुसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले भने, राष्ट्रिय हित र विकास निर्माण बाहेक अरु केही एजेण्डा छैन ।’

प्रचण्ड बिहीबार भारत जानेछन् । उनले भोलिपल्ट विदेशमन्त्री शुष्मा स्वराजसँग भेटवार्ता गर्नेछन् । आईसीडब्लूएको निमन्त्रणमा भारत जान लागेका उनले प्रधानमन्त्री नरेन्द्र मोदीका साथै राजनीतिज्ञ, बुद्धिजिवीहरुलाई पनि भेट्नेछन् ।

प्रचण्ड २६ गते र्फकनेछन् । तीन दिनपछि ३० गते चीन भ्रमणमा जाने कार्यक्रम तय भएको छ ।

त्यसको अघिल्लो अर्का नेता नारायणकाजी श्रेष्ठ प्रकाश नेतृत्वको टोली पनि चीन जाने कार्यक्रम छ । सुरुमा श्रेष्ठ फर्किएपछि प्रचण्ड जाने भनिए पनि सँगसँगै जस्तो तय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment