Comments Add Comment

दुई बालिकालाई बन्धक बनाएर बलात्कृत !

२५ भदौ, काठमाडौं । दुई बालिकालाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा एक युवक पक्राउ गरेका छन् ।

कीर्तिपुरका होमबहादुर खत्री पक्राउ परेका हुन् । करणी तथा शरीर बन्धक मुद्दामा जिल्ला अदातलतबाट म्याद थप गरी उनलाई थुनामा राखिएको छ ।

उनीमाथि दुई बालिकालाई कोठामा बन्धक बनाएर बलात्कार गरेको अभियोग छ ।

के थियो घटना ?

इमाडोलस्थित कोठाबाट दुई बालिका हराएको भन्दै महानगरीय प्रहरी परिसर, ललितपुरमा चार दिनअघि खोजतलासको निम्ति निवेदन पर्‍यो । प्रहरीले तत्काल उनीहरुको खोजी थाल्यो तर, ३ दिनसम्म अत्तोपत्तो लागेको थिएन ।

घटनाको ३ दिनपछि एक बालिका बल्खुमा भेटिइन् । उनले दिएको सूचनाका आधारमा खोजतलास गर्दा अर्की बालिका कीर्तिपुरस्थित खत्रीको कोठामा भेटिइन् ।

उनीहरुलाई बन्धक बनाउने कैलालीको घोडाघडी-१, बेलार घर भई कीर्तिपुर बस्ने २५ वर्षीय खत्रीलाई पक्राउ गरेको छ ।

‘दुवै बालिकाको स्वास्थ्य परीक्षणपछि उनीहरुलाई सेफ हाउसमा राखिएको छ’ काठमाडौं प्रहरी प्रमुख एसएसपी बसन्त लामाले भने, ‘थप अनुसन्धान गरिरहेका छौं ।’

गाडीमा भेटिएका व्यक्तिको भर पर्दा…

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुले अनुसार दुबै बालिका इमाडोलमा दिदीसँग बस्दै आएकी थिइन् । तर, हराएको दिन दिदीसँग झगडा गरेर हिँडेका पाइएको छ ।

‘कोठाबाट निस्किएर रत्नपार्क जानलाई गाडी चढेका थिए’ परिसरका एक अधिकारी भन्छन्, ‘तर, पछाडिपट्टीको सिटमा बसेका उनीहरुको गाडीमा खत्रीसँग चिनजान भयो ।’

दुवै बालिकालाई लिएर खत्री कीर्तिपुरस्थित आफ्नो कोठामा गएको पाइएको छ । त्यहाँ ३ दिनसम्म राखेर ललाइफकाइ बलात्कार गरेको अनुसन्धानबाट खुलेको छ ।

‘३ दिनपछि भने एक जना बालिकालाई छोडेपछि उनीहरुलाई बन्धक बनाएको खुलेको हो’, एक प्रहरी अधिकारीले भने, ‘प्रहरीले छापा मारेर अर्की बालिकालाई खत्रीको कोठाबाट उद्धार गर्‍यो भने पीडिकलाई कीर्तिपुर-७, मसानघाटबाट पक्राउ गरेको थियो ।’

यो पनि पढ्नुहोस्

कीर्तिपुरमा दुई बालिकालाई बन्धक बनाएर बलात्कार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment