+
+
Shares

कीर्तिपुरमा दुई बालिकालाई बन्धक बनाएर बलात्कार

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ २५ गते १२:२१

२५ भदौ, काठमाडौं । काठमाडौंको कीर्तिपुरमा दुई जना बालिकालाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कीर्तिपुर–७, हनुमानघाट बस्ने २५ वर्षीय हेम खत्री छन् ।

उनलाई महानगरीय प्रहरी वृत्त, कीर्तिपुरका डिएसपी अनिलकुमार खड्काको टोलीले आइतबार नियन्त्रणमा लिएको हो । त्यस्तै, पीडित बालिकाको उद्दार गरिएको छ ।

प्रहरीका अनुसार १४ र १३ वर्षका ती दुई बालिका ४ दिनअघिदेखि हराइरहेका थिए ।

दुवै जनालाई स्वास्थ्य परीक्षणका लागि प्रसुति गृह पठाइएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?