Comments Add Comment

राउण्ड टेबल नेपाललाई ‘बेस्ट एशोसियन अवार्ड’

२६ भदौ, काठमाडौं । सामाजिक क्षेत्रमा योगदान पुर्‍याएको भन्दै विश्वभरका ५४ देशमा रहेका राउण्ड टेबलहरुमध्येबाट राउण्ड टेबल नेपाल बेस्ट एशोसियन अवार्ड २०१७-१८ बाट सम्मानित भएको छ ।

हालै श्रीलंकामा आयोजित राउण्ड टेबलको वाषिर्क अधिवेशनको एक विशेष समारोहमा उक्त सम्मान राउण्ड टेबल नेपालका वर्तमान अध्यक्ष जयन्त कुमार अग्रवाल र राउण्ड टेबल नेपालका वर्तमान अध्यक्ष रवि खेतानसहितका पदाधिकारीहरुले ग्रहण गरेका थिए ।

सम्मान ग्रहणपछि निवर्तमान अध्यक्ष अग्रवालले यो सम्मान नेपालको लागि गौरवपूर्ण रहेको र यसबाट अझ बढी सामुदायिक उत्तरदायित्व निभाउादै समाजको सेवामा लाग्न प्रेरित गरेको बताए ।

संस्थाका अनुसार गत वर्ष राउण्ड टेबल नेपालले विपन्न वर्गका विद्यार्थीहरुको शिक्षाको लागि नेपालका विभिन्न क्षेत्रमा ३२ भन्दा बढि कक्षा कोठाहरुको निर्माण गरेको थियो ।

साथै कार्यक्रम सञ्चालन गरी एकै दिनमा ८५३ पिन्ट रगत सम्बन्धित निकायमा दिएको राउण्ड टेबल नेपालले जनाएको छ ।

अझ बढी युवाहरुलाई सामाजिक कार्यमा संलग्न गर्न थप दुई शहरहरुमा यसका क्लवहरुको स्थापना गरेको छ ।

दुर्गम क्षेत्रहरुमा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा केन्द्रित रही विभिन्न पाठ्यपुस्तकहरु वितरण तथा हेल्थ क्याम्पसहरु सञ्चालन गर्दै  अाएकाे राउण्ड टेबल नेपालको प्रेस नोटमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment