Comments Add Comment

पाकिस्तानलाई हराउँदै भारत पनि फाइनलमा

काठमाडौं । चिरप्रतिद्वन्द्वी पाकिस्तानलाई हराउँदै भारत साफ च्याम्पियनसिप फुटबलको फाइनलमा पुगेको छ । अब उसले उपाधिका लागि माल्दिभ्ससँग खेल्नेछ ।

बुधबार भएको दोस्रो सेमिफाइनलमा भारतले पाकिस्तानलाई ३-१ गोल अन्तरले हराएको हो ।

ढाकास्थित बंगबन्धु रंगशालामा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । तर, दोस्रो हाफको सुरुमा नै मनवीर सिंहले भारतलाई अग्रता दिलाए ।

खेलको ६८ औं मिनेटमा उनले नै अग्रता दोब्बर पारे । पाकिस्तानमाथि हावी भएको भारतले ८४ औं मिनेटमा सुमित पारीको गोलमार्फत ३-० को अग्रता लियो ।

अन्तिम क्षण केही तनावपूर्ण रहृयो । आवसी झगडा गरेका कारण पाकिस्तानका माहसिन अली र भारतका एल छांगटे दुबैले रातो कार्ड पाएका छन् ।

खेलको ८८ औं मिनेटमा पाकिस्तानका मोहम्मद अलीले गोल गरेपछि यो सान्वना मात्र हुनपुग्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment