Comments Add Comment

स्मार्ट सिमकार्ड खरिदमा थप ४० रुपैयाँ ब्यालेन्स

१ असोज, काठमाडौं । स्मार्टले सिमकार्डको खरिदमा थप ४० रुपैयाँ ब्यालेन्स प्रदान गरेको छ । स्मार्टको सिमकार्ड खरिदमा प्राप्त हुने विद्यमान सुविधाको साथ थप रकम प्राप्तगर्न सकिने भएको हो । कम्पनीका अनुसार ९९ रुपैयाँमा सिम खरिद गर्ने ग्राहकले १० मिनेटको टक टाइम, १० एसएमएस, २ सय एमबी डाटाको साथ ५० रुपैयाँ मेन ब्यालेन्सको साथमा अतिरिक्त ४० रुपैयाँ समेत गरी मेन ब्यालेन्स प्राप्त गर्नेछन् ।

स्मार्टले यसअघि रिब्रान्डिङको साथ ‘इट्स फ्रिडम’ भन्ने नयाँ योजनाहरु प्रस्तुत गरेको छ । यस योजनाअन्तर्गत हरेक सिमकार्डको खरिदमा वा रिचार्जमा डाटा, भ्वाइस, एसएमएसमा अतिरिक्त सुविधाहरु प्राप्त गर्न सकिने छ । साथै २९ रुपैयाँमा ५०० एमबी डाटा, ९० पैसा प्रतिमिनेट भ्वाइस, तथा ५० पैसा प्रतिएसएमएस (सरकारी कर बाहेक) एवं अझ न्यूनतम शूल्कमा अन्तर्राष्ट्रिय कल गर्न सकिने सुविधा पनि योजनामा समावेश गरिएको छ ।

काठमाडौंमा फोर जीको समूह अन्तर्गत स्मार्ट ले न्यूनतम शुल्कमा विभिन्न फोर जी डाटा प्याक उपलब्ध गराउँदै आएको छ । प्रयोगकर्ताको सुविधा एवं आवश्यकता बमोजिम ठूलोदेखि सानो साइजमा डाटा प्याक उपलब्ध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment