Comments Add Comment

प्रभु बैंकको नयाँ शाखा मोरङको तिनपैनीमा

५ चैत, काठमाडौं । प्रभु बैंक लिमिटेडले मोरङको तिनपैनीमा आफ्नो शाखा विस्तार गरेको छ । बैंकले मंगलबारदेखि विराटनगर महानगरपालिका वडा नं. २ स्थित तिनपैनीमा आफ्नो शाखा सञ्चालनमा ल्याएको हो ।

नेपाल राष्ट्र बैंक क्षेत्रीय कार्यालय विराटनगरका मुख्य व्यवस्थापक विनोद राज आचार्यले एक कार्यक्रमका बीच उक्त शाखाको उद्घाटन गरे ।

वाग्राहीहरुलाई सरल र सहज रुपमा अत्याधुनिक प्रविधि सहितको गुणस्तरीय बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ शाखा स्थापना गरिएको बैंकले जनाएको छ ।

तिनपैनी शाखा कार्यालयबाट त्यहाँका स्थानीय तहका सेवाग्राही, सर्वसाधारणहरु, विभिन्न किसिमका र्फम, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त सेवा उपभोग गर्न सक्ने बैंकले जनाएको छ ।

साथै समग्र विराटनगर महानगरपालिकाको आर्थिक विकासमा टेवा बैंकको अपेक्षा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment