
५ चैत, काठमाडौं । सिद्धार्थ बैंकले काठमाडौंका दुई स्थानमा आफ्नो शाखा सञ्चालनमा ल्याएको छ । बैंकले मंगलबारदेखि इचाँगुनारायण र धनेश्वर स्थित दुई शाखाहरुको औपचारिक उद्घाटन गरेको हो ।
नागार्जुन नगरपालिकाका उपप्रमुख सुशीला अधिकारीले इचाँगुनारायण शाखाको र धनेश्वर शाखाको टोखा नगरपालिकाका उपमेयर ज्ञान माया डङ्गोलले उद्घाटन गरिन् ।
सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यका साथ शाखा विस्तार गरिएको बैंक बताउँछ । हालै सञ्चालनमा आएको शाखाहरुसहित बैंकले देशभर १४६ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा, १५६ एटीएम र १ हजार २ सयभन्दा बढी पीओएस मेसिनमार्फत् उच्चस्तरिय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4