+
+
Shares

काठमाडौंको चुच्चेपाटीबाट फरार २ अभियुक्त पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २ गते ९:०२

२ असोज, काठमाडौं । महानगरीय प्रहरी वृत्त, बौद्धको प्रहरी टोलीले फरार दुई अभियुक्तलाई सोमबार पक्राउ गरेको छ ।

मोरङ केराबारी गाउँपालिका–३ का ३३ वर्षीय अर्जुन गुरुङलाई गत साउन १६ गते ज्यान मार्ने उद्देश्यले कुटपिट गरी फरार भएका दुई अभियुक्तलाई काठमाडौँ चुच्चेपार्टीबाट पक्राउ गरिएको प्रहरी निरीक्षक भूपेन्द्र गिरीले जानकारी दिए ।

पक्राउ पर्नेमा मोरङ केराबारी–१० का २९ वर्षीय निराकार मगर र सोही ठाउँका २६ वर्षीय सन्देश तामाङ रहेका छन् । दुवै जना ज्यान मार्ने उद्योगमा पक्राउ पछि फरार रहेका थिए ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङ पठाइने महानगरीय प्रहरी, वृत्त बौद्धले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?