Comments Add Comment

च्याम्पियन्स लिगमा साविक विजेता रियल मड्रिड विजयी

४ असोज, काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडले च्याम्पियन्स लिगमा विजयी सुरुवात गरेको छ ।

बुधबार राति सान्टियागो बर्नेबेउमा भएको समूह जी को खेलमा रियल मड्रिडले इटालियन क्लब रोमालाई ३–० गोलले पराजित गरेको हो । घरेलु मैदानमा रियल मड्रिडलाई जित दिलाउन इस्को, ग्यारेथ बेल र मरियानो डेइजले गोल गरे ।

खेलमा ४५ औं मिनेटमा इस्कोले गोल गर्दै रियल मड्रिडलाई अग्रता दिलाएका थिए । पहिलो हाफसम्म १–० गोलले अघि रहेको रियल मड्रिडले दोस्रो हाफमा २ गोल गर्दा रोमाले भने गोल गर्न सकेन ।

खेलको ५८ औं मिनेटमा बेलले गोल गर्दै रियल मड्रिडलाई दोब्बर अग्रता दिलाएका थिए । खेलको अन्तिम समयमा डेइजले गोल गरेपछि रियल मड्रिले रोमालाई ३–० गोलले पराजित गरेको हो ।

त्यस्तै, बुधबार राति नै भएको यही समूहको अर्को खेलमा भिक्टोरिया प्लेजन र सीएसकेए मस्को २–२ गोलको बराबरी रोकिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment