Comments Add Comment

अन्तर्राष्ट्रिय बीमा सम्मेलनको तयारी तीव्र, २० राष्ट्र सहभागी हुने

४ असोज, काठमाडौं । नेपालमा आयोजना हुन लागेको २१ औं अन्तर्राष्ट्रिय बीमा सम्मेलनको तयारी तीव्र पारिएको बीमा समितिले जनाएको छ ।

आगामी ९ गतेदेखि राजधानीमा शुरु हुने सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको बीमा समितिले जानकारी दिएको छ ।

यो संगठन विश्वभरका बीमा कम्पनी र पुनर्बीमा कम्पनीहरुको साझा संगठन हो । एआईआरडीसी भन्ने एउटा अन्तर्राष्ट्रिय संगठनमा आवद्ध देशहरुबीच यस्तो सम्मेलन आयोजना हुँदै आएको छ ।

समितिका अनुसार सम्मेलनमा २० राष्ट्रको सहभागिता हुने पक्का समेत भएको छ । यस्तो सम्मेलनमा नेपालमा दोस्रो पटक आयोजना हुन लागेको हो । १६ वर्षअघि नेपालमा यो सम्मेलन आयोजना भएको थियो ।

करिब २ दशक पछि सम्मेलन आयोजना गर्न पाएको अवसरको भरपुर सदुपयोग गर्ने तयारी समितिले गरेको छ ।

यसअघि सन् १०१६ मा बहराइनमा अन्तर्रा्ष्ट्रिय सम्मेलन सम्पन्न भएको थियो । सन् २०१६ मा बहराइनमा भएको २० औं सम्मेलनले आगामी २१ औं सम्मेलन नेपालमा गर्ने निर्णय गरेको थियो । सोहीअनुसार नै यस वर्ष नेपालमा अन्तर्राष्ट्रि बीमा सम्मेलन आयोजना गर्न लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment