+
+
Shares

उदयपुरकी तुलासा एक महिनादेखि वेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १६ गते १७:५६

१६ असोज, काठमाडौं । उदयपुर त्रियुगा नगरपालिका- ७ चकलघाटकी १७ वर्षीया युवती तुलसा पोखरेल वेपत्ता भएकी छन् । २२ गतेदेखि परिवारको सम्पर्कमा नरहेकी उनको खोजीमा प्रहरीले चासने नदिएको परिवारको गुनासो छ ।

कक्षा १२ मा अध्ययनरत उनी कलेजको रजिष्ट्रेशन र्फम भर्न घरबाट हिँडेकी थिइन् । तर, फर्किएर नआएको दाजु परशुराम पोखरेलले जानकारी दिए ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले भने,’मेरी बहिनी भदौ २२ गतेदेखि सम्पर्कमा छैनन् । यो विषय प्रहरी प्रशासनलाई पनि जानकारी गराइसकेका छौं । तर, प्रहरीले बहिनीको खोजतलासमा ढिलासुस्ती गरेको हामीलाई महशुस भएको छ ।’

माइती नेपाल र विभिन्न अधिकारकर्मीहरुसँग आफूहरुले बहिनीको खोजीको लागि हार गुहार गरेको पनि दाजु परशुरामले सुनाए ।

मोवाइलको कल डिटेल र उनले प्रयोग गर्ने फेसबुक हेर्दा घरबाट निस्किएको दिन अर्थात् भदौ २२ गते बिहान जहानसिंह भुजेलसँग निरन्तर फोन सम्पर्क गरेको देखिएको तर, अहिले भुजेलको फोन अफ रहेकेा उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?