+
+

कांग्रेसको समेत सहमतिमा प्रदेश १ को राजधानी तोकिन्छ : मन्त्री कार्की

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १८ गते १७:०५

१८, असोज, विराटनगर । प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले प्रदेशको नाम र स्थायी राजधानी केही दिनभित्रै टुंगो लाग्ने बताएका छन् ।

संसदबाट सहमतिका साथ प्रदेशको नाम र राजधानीको टुंगो लगाइने उनले बताए । बिहीबारको प्रदेशसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री कार्कीले प्रतिपक्षी कांग्रेससहितको सहमतिमा नाम र राजधानीको टुंगो लाग्ने बताए ।

उनले प्रदेशको नामाकरण र राजधानी तोक्ने कुरामा सबै राजनीतिक दलको सहयोगको अपेक्षासमेत गरे ।

त्यसअघि संघीय समाजवादी फोरम नेपाल संसदीय दलका नेता जयराम यादवले सबै सुविधा भएकाले राजधानीमा विराटनगरको विकल्प खोजिए मान्य नहुने बताए ।

नेपालको सीमा क्षेत्रभित्रको जहाँसुकैको भूगोलमा पनि यथेष्ट सुरक्षा रहेको बताउँदै विराटनगर असुरक्षित रहने कुरा गलत भएको उनले बताए ।

यादवले पहिचानलाई आधार मानेर नामाकरण गरिनुपर्नेमा जोड दिए । सांसद आशारत्न जबेगुले सरकारका मुख्य अंगहरु विकेन्द्रीकरण गर्न नहुने बताउँदै नामाकरण पहिचानका आधारमा हुनुपर्ने जोड दिइन् । उनले न्यायपालिका भएको स्थानमा नै सरकारका अन्य अंगहरु कार्यपालिका र ब्यवस्थापिका एकै स्थानमा राखिनु पर्ने बताइ्न् ।

संसदको बिहीबारको बैठकले प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई दफावार छलफलका लागि न्याय प्रशासन तथा विधायन समितिमा पठाउने निर्णय गरेको छ । उक्त विधेयक माथि ९ जना सांसदहरुले संशोधन दर्ता गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?