+
+
Shares

सुदूरपश्चिम प्रदेशमा राज्यमन्त्री थपिए, रावलले लिए सपथ

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २३ गते १७:३९

२३ असोज, डोटी । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषदमा एक राज्यमन्त्री थपिएका छन् ।

मंगलबार मुख्यमन्त्री त्रिलोचन भट्टले मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री त्रिलोचन भट्टले प्रकाश रावललाई राज्यमन्त्रीको शपथ गराएका छन् । नेकपाका सांसद रावल र कञ्चनपुर क्षेत्र नम्बर ३ को प्रदेशसभा ‘क’ बाट विजयी भएका हुन् ।

उनी प्रदेश सरकारको एक्ला राज्यमन्त्री हुन् । रावलको राज्यमन्त्री पदमा नियुक्तिसंगै सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् ८ सदस्यीय भएको छ ।

शपथ ग्रहण कार्यक्रममा मन्त्रीहरू,उपसभामुख, प्रदेश सरकारका सचिवलगायतको उपस्थिति रहेको थियो । राज्यमन्त्री रावलले मंगलबारै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा गएर पदभार ग्रहण गरेका छन् ।

सो अवसरमा राज्यमन्त्री रावलले मन्त्रालयका मन्त्री मायादेवी भट्टसँग भेटघाट गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?