२४ असोज, काठमाडौं । वेल्सका स्ट्राइकर ग्यारेथ बेलले स्पेनविरुद्ध नखेल्ने भएका छन् । वेल्स र स्पेनको मैत्रीपूर्ण फुटबल ११ अक्टोबरमा हुँदैछ ।
मांशपेशीको थकानको समस्या देखिएकाले उनलाई स्पेनविरुद्ध नखेलाइने वेल्सका प्रशिक्षक रायन गिक्सले जानकारी दिए । बेललाई खेलाएर जोमिख नलिने उनले बताए ।
वेल्सले नेसन्स लिगमा १६ अक्टोबरमा आयरल्याण्डविरुद्ध खेल्नु पर्नेछ । यो खेलमा पनि बेल खेल्ने नखेल्ने अनिश्चित छ । २९ वर्षीय बेल आलाभेसविरुद्ध भएको खेलमा ८० औं मिनेटमा नै मैदानबाट बाहिरिएका थिए, जुन खेल रियल मडि्रडले १-० ले हार्यो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4