Comments Add Comment

‘सनव्रेभ’को उपाधि पाएका वामपन्थी नेता मास्केको निधन

२१ कात्तिक, चितवन । चितवनका पुराना वामपन्थी नेता सूर्यबहादुर मास्केको गएराति ८४ वर्षको उमेरमा निधन भएको छ ।

लामो समयदेखि सुगर, प्रेसर, प्रोष्टेटलगायतका समस्याबाट पीडित मास्केको गएराति निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

१९९२ साल मंसिरमा भोजपुर जिल्लामा जन्मिएका मास्केले नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको हातबाट नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए । राजनीतिमा निकै साहासिक काम गर्ने भएकोले उनलाई महासचिव पुष्पलालले ‘सनव्रेभ’को उपाधि दिएका थिए ।

१६ वर्षमा नै फेडेरसनको केन्द्रीय सदस्य निर्वाचित मास्के निकै उत्तेजित र आक्रामक भाषणले चर्चित थिए । मास्केका राजनीतिक विद्यार्थी यमुनाप्रसाद न्यौपाने उनी राजनीतिक लडाकु भएको सम्झन्छन् ।

कम्युनिस्ट आन्दोलनसँगै रेडक्रस र शिक्षा क्षेत्रमा समेत उनले योगदान पुर्याएका थिए । चितवनमा अधिकांश प्राथमिक सरकारी विद्यालय खोल्न मास्केले योगदान गरेका थिए ।

स्वर्गीय मास्केका श्रीमती इन्दिरा कायस्थ, दुई छोरा र एक छोरी छन् ।

छोराछोरी अमेरिकामा रहेकाले उनीहरु फर्किएपछि मास्केको अन्त्येष्टि गर्ने जानकारी पारिवारिक स्रोतले दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment