Comments Add Comment

नाफा साहित्य–साँझ सम्पन्न

अमेरिकाको विन्स्कन्सिन राज्यको मेडिसन सहरमा रहेका नेपालीको एकमात्र सस्था ‘नेपाली अमेरिकन मैत्री संघ’ (नाफा) ले शनिवार चौधौं ‘नाफा साहित्यिक साँझ–२०७५’ आयोजना गरेको छ ।

लक्ष्मीजयन्तीको अवसर परेर आयोजना गरिएको साँझमा देवकोटासँगै साहित्यकार विजय मल्लको सम्झना गरियो ।

कार्यक्रममा नाफा बालसाहित्य प्रतियोगितातर्फ काव्या लामिछाने, सान्वी पाण्डे, जुना रिजाल, आन्या पाण्डे, ओपल शर्मा, आशुतोष अधिकारी, खुशी श्रेष्ठ, आर्यमन पसछें , अनित्या द्वा, अरिना उप्रेती, बेलिस्मा श्रेष्ठ, युजेन थापा, सुहानी पाण्डे, ओजश्वी पसछें र ईसीता लुइँटेलले प्रतियोगी कविता वाचन गरेका थिए  । बाचित कविताबाट एरिना उप्रेती, खुशी श्रेष्ठ र जुना रिजाल प्रथम, द्वितस्उ र तृतीय भए । उनीहरुलाई पुरस्कारस्वरुप क्रमशः अमेरिकी डलर ७५, ५० र ३० र प्रमाणपत्र प्रदान गरियो ।

विजय मल्ल कविता प्रतियोगितातर्फ एकबहादुर क्षेत्री, मित्र पौडेल, अर्चना धाक्वा, बिन्दु तिमल्सिना, अर्जुनध्वज खडका, नारायणदास मल्ल, अप्सरा गिरी भारती, कल्पना रिजाल, अबिमन पसछें, प्रदीप केसी, रोशा पोख्रेल, सुष्मा श्रेष्ठ, लेखनाथ काफ्ले, गंगा मल्ल श्रेष्ठ र विश्वजीत अधिकारीले सहभागिता जनाएका थिए । जसमध्ये गंगा मल्ल श्रेष्ठ, अप्सरा गिरी भारती र विश्वजीत अधिकारीले क्रमशः पहिलो दोश्रो र तेश्रो भइ नगद १५० , १०० र ७५ अमेरिकी डलर पुरस्कार प्राप्त गरेका छन् ।

उपन्यासकार सन्तोष लामिछानेको नवीनतम उपन्यासकार ‘अल्टिमेट आकाश’को लोकार्पण गरिएको उक्त कार्यक्रममा राजेन्द्र अर्याल, बैंकटेशदास शर्मा, पूर्ण श्रेष्ठ, युवराज तिमल्सिनालगायतले पनि कविता वाचन गरेका थिए ।

बेलायतबाट कार्यक्रमका लागि आएका कार्यक्रमका विशिष्ट अथिति साहित्यकार कृष्ण बजगाईंले कृतिको समालोचनात्मक टिप्पणी गर्दै नेपाली डायास्पोरिक उपन्यासकारका क्षेत्रमा अल्टिमेट आकाशले महत्वपूर्ण स्थान बनाउन सफल होस् भन्ने शुभकामना पनि व्यक्त गरे ्र उनले उपन्यास भित्रका पात्रहरू नेपाली युवा विधार्थी रहेकाले उपन्यास पठनीय, रोचक र सन्देश मूलक भएको बताए ।

यसैगरी उपन्यासकार लामिछानेका पिता डा. भरत लामिछानेले कृति माथि टिप्पणी गरेका थिए ।

कार्यक्रमका अर्का विशिष्ट अतिथि बरिष्ट लोक गायक प्रेमराजा महतले उपस्थित साहित्यकार, कला प्रेमी नेपाली समूदाय देखेर आफूले परदेशमा सानो नेपाल भेटेको बताए ।  नाफा साँझको आयोजना गरेर आयोजकहरूले परदेशमा नेपाली सस्कृतिको विकासमा टेवा पुर्याउने काम गरेकोमा खुशी हुँदै उनले आफ्ना चर्चित गीत गाएर सहभागीलाई नचाएका थिए ।

कार्यक्रममा साहित्यकार दिनार श्रेष्ठले नाफाको कार्यक्रमले सबैलाई नाफा गरेको बताउँदै आगामी दिनमा पनि यसले नेपाली भाषा साहित्य र सामाजिक क्रियाकलापलाई नयाँ रुपले प्रस्तुत गर्दै लैजाने बताए ।

कार्यक्रमका प्रमुख साहित्यकार गोवर्धन पूजाले महाकवि देवकोटा र कथाकार विजय मल्लको साहित्यिक योगदानमाथि चर्चा गर्दै प्रतिभा, ब्युत्पति र अभ्यासले सिर्जनात्मक लेखनमा महत्वपूर्ण भूमिका खेल्ने हुदाँ सिर्जनात्मक लेखनमा निरन्तर अभ्यासको खाँचो रहने बताए । उनले विमोचित उपन्यासका उपन्यासकार सन्तोष लामिछानेलाई बधाई दिँदै विदेशी भूमिमा पनि उपन्यास जस्तो बृहत आयतनको विधामा कलम चलाउने लामिछानेको सबैले मुक्त कण्ठले प्रसंशा गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment