Comments Add Comment

७० वर्षपछि मेक्सिकोमा वामपन्थी राष्ट्रपतिले लिए संसदमा सपथ

१६ मंसिर, काठमाडौं । मेक्सिकोमा ७० वर्षपछि पहिलोपटक वामपन्थी राष्ट्रपति आन्द्रेस म्यानुअल लोपेज ओबादरले संसदसमक्ष सपथ लिएका छन् ।

मेक्सिको सिटीका पूर्वमेयर लोपेज ओबादरले शनिबार भ्रष्टाचार निर्मुल गर्ने र गरिब र सीमकान्तकृतहरुको लागि देश बदल्ने घोषणा गरे । ६५ वर्षीय उनले गत जुलाइमा भारी मतान्तरले राष्ट्रपतिमा निर्वाचित भएका थिए ।

६ वर्षे कार्यकालका लागि उनले ५६ प्रतिशत मत प्राप्त गरेर निर्वाचित भएका थिए । उनका प्रतिद्वन्द्वी वर्तमान राष्ट्रपति इनरिक पेना नितोले जम्मा २४ प्रतिशत मत प्राप्त गरी राष्ट्रपति पदबाट विदा लिए । उनको कार्यकालमा भ्रष्टाचार र अपराधले सीमा नाघेको भन्दै आलोचना भएको थियो ।

राष्ट्रपति लोपेज ओवादरले छिट्टै आफ्नो परराष्ट्र मामिलामा महत्वपूर्ण मुद्दा संबोधन गर्नुपर्नेछ । अमेरिका छिर्ने हजारौं मानिस अमेरिका र मेक्सिकोको बोर्डरमा जम्मा हुने समस्यालाई संबोधन गर्नुपर्नेछ ।

उनको सपथ समारोहमा अमेरिकी उपराष्ट्रपति माइक पेन्स, राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इभान्का ट्रम्प र भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरो सहभागी भएका थिए । लोपेज ओबादरको नेशनल रिजेनेरेसन मुभमेन्ट पार्टी (मोरेना) ले गठबन्धन सरकारको नेतृत्व गर्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment