Comments Add Comment

अपाङ्गता भएकाहरुले गरे रेसुङ्गामा सरसफाइ

१७ मंसिर,गुल्मी । गुल्मीमा अपाङगता भएकाहरुले सरसफाइ गरेको छन् । जिल्ला सदरमुकाम तम्घासमा रहेको आशा अपाङ्ग केन्द्रको आयोजनामा धार्मिक स्थलमा सरसफाइ गरिएको हो ।

विश्व अपाङ्ग दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा धार्मिक, ऐतिहासिक तथा पर्यटकीय क्षेत्रहरुको सरसफाइ गरिएको थियो ।

अपाङ्गता भएकाहरुले पनि केही गर्न सक्छन् भन्ने सन्देश दिने उदेश्यले धार्मिक स्थल सरसफाइ गरेर दिवस मनाएको आशा अपाङ्ग केन्द्र गुल्मीका लेखापाल सुरेश श्रेष्ठले बताए ।

केन्द्रमा रहेका १५ जना अपाङ्गता भएकाहरु र मजुवास्थित रेसुङ्गमा अबलोकनमा आएको पोलारिस इगलिस बोडिङ्गका विद्यार्थीहरुको सहयोगमा रेसुङ्गा पोखरी, मन्दिर परिसरमा सरसफाइ गरेका हुन् ।

रेसुङ्गा क्षेत्र धार्मिक तथा ऐतिहासिक, पर्यटकीय स्थल रहेकाले यस क्षेत्रलाई सरसफाइ गरेर स्वच्छ राख्नुपर्छ भन्ने सन्देश दिन पनि अपाङ्गता भएका व्यक्तिहरुले सरसफाइ कार्यक्रम राखिएकोे श्रेष्ठले बताए ।

अपाङ्गता भएका अवसर पाए केही गर्न पनि सक्छन् भन्ने मुख्य सन्देश सरसफाइ कार्यक्रमको रहेको श्रेष्ठको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment