Comments Add Comment

प्रदेश ५

List Grid
प्रहरीविरुद्ध उत्रियो तरुण दल, आज नेपालगञ्जमा विरोध सभा

२५ कात्तिक, नेपालगञ्ज । आफ्ना नेताहरुलाई पक्राउ गरेको विरोधमा नेपाली कांग्रेस सम्बद्ध तरुण दलले बाँकेको नेपालगञ्जमा प्रहरीविरुद्ध प्रदर्शन गर्दैछ । बाँके प्रहरीले तरुण दल नेपालगञ्ज नगर समितिका सभापति सन्दीपजंग शाहसहितका नेताहरुलाई हतियारसहित पक्राउ गरेको विरोधमा प्रदर्शन गर्न लागिएको हो । प्रदर्शनका लागि गाउँ-गाउँबाट कांग्रेस कार्यकर्ताहरुलाई नेपालगञ्जमा उतार्ने तयारी गरिएको छ । नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष […]

गुल्मीको हाटबजार शीत भण्डारसहित पुनः सञ्चालन

२४ कात्तिक, गुल्मी । गुल्मीमा लामो समयदेखि बन्द हाटबजार पुनः सञ्चालनमा आएको छ । कृषकले उत्पादन गरेका बस्तुहरुलाई सहज रुपमा बिक्री बितरण गर्नका लागि तम्घासको चारिखोलामा हाटबजार सञ्चालनमा ल्याइएको हो । हाटबजार सञ्चालन गर्न भन्दै बिगत ७ वर्षदेखि निर्माण कार्य थालिएको पशु तथा कृषि उपज संकलन केन्द्र, शीत भण्डार र हाटबजार आइतबार एकैसाथ उद्घाटन गरिएको […]

अर्घाखाँचीमा कार दुर्घटना हुँदा तीन जनाको मृत्यु

२० कात्तिक, बुटवल । अर्घाखाँचीको नरपानीमा कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा दुर्गादेवी खड्का, भक्तबहादुर खड्का र तिलबहादुर खड्का हुन् । उनीहरु तीनैजना आमा-छोरा हुन् । रुपन्देहीको सैनामैनाबाट सन्धिखर्क जाँदै गरेको बा १७ च ६९१७ नम्बरको कार बुधबार बिहान गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डको नरपानीमा दुर्घटनामा परेको हो । दुर्घटनामा परी कार चालक […]

दाङलाई प्रदेश ५ को राजधानी बनाउन पहल गर्छु : प्रचण्ड

२० कात्तिक, दाङ । पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष प्रचण्डले दाङलाई प्रदेश ५ को केन्द्र बनाउन पहल गर्ने बताएका छन् ।  राजनीतिक आन्दोलन र परिवर्तनमा दाङको भूमिका अग्रणी रहेकाले प्रदेश ५ को राजधानी दाङ उपयुक्त हुने उनकाे भनाइ छ । ‘यो परिवर्तनको एउटा अग्रणी भूमिका निर्वाह गरेको जिल्ला र प्रदेश भएको नाताले आउने दिनमा यो प्रदेशको […]

विवादमा मुछिए कोहलपुरका डीएसपी शाही

१५ कात्तिक, काठमाडौं । इलाका प्रहरी कार्यालय, कोहलपुरका इञ्चार्ज हेमबहादुर शाही विवादमा तानिएका छन् । तरुण दल बाँकेका कोषाध्यक्ष केशर खड्कालाई खसी मागेको अडियो सार्वजनिक भएपछि डीएसपी शाही आफैं छानविनको दायरामा तानिएका हुन् । प्रहरी प्रधान कार्यालय, नक्सालका एक उच्च अधिकृतका अनुसार शाहीमाथि अनुसन्धान थालिएको छ । तर, तरुण दलका नेपालगञ्ज नगर सभापति सन्दिपजंग शाहसहित […]

पदार्थको चौथो रूप प्लाज्माबारे विद्यार्थीलाई प्रशिक्षण

१५ कात्तिक, घोराही । विज्ञान तथा सम्भावना अनुसन्धान केन्द्र नेपालको आयोजनामा घोराहीमा प्लाज्माको विषयमा आधादिने कार्यक्रम आयोजना गरिएको छ । लक्जेम्वर्ग विश्वविद्यालयमा विद्यावारिधि गरिरहेका दाङका युवक किशोर आचार्यले प्लाज्माको बारेमा दुई सत्रमा कार्यपत्र प्रस्तुत गरेका थिए । प्लाज्मालाई तरल, ठोस र ग्यास पछिको पदार्थको चौथो रूप मानिन्छ। विभिन्न स्कुल एवं कलेजका विद्यार्थीहरुको उपस्थितिमा भएको कार्यक्रममा […]

कृष्णनगरको तनाव साम्य, मूर्ति विसर्जन, शव उठाइयो

१५ कात्तिक, बुटवल । लक्ष्मीपूजाको मूर्ति बिसर्जनको क्रममा विवाद भएपछि कपिलवस्तुको कृष्णनगरमा उत्पन्न तनाव साम्य भएको छ । आजै कर्फ्यु हटाउने संकेत स्थानीय प्रशासनले दिएको छ । बिहीबार राति अबेर स्थानीय, सम्बन्धित पक्ष, कपिलवस्तु जिल्ला प्रशासन र सुरक्षा निकायका प्रदेश प्रमुखहरुसहितको सर्वपक्षीय वार्ताबाट लक्ष्मी पूजाको मूर्ति बिसर्जन गर्ने र प्रहरीको गोलीबाट मारिएका व्यक्तिको शव उठाउने […]

गुल्मीमा उपनिर्वाचन : नेकपाले लगायो उम्मेदवारको टुंगो

१५ कात्तिक, तम्घास । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले गुल्मीमा उम्मेदवारको टुंगो लगाएको छ । गुल्मीको रुरु गाउँपालिका-६ रिमुवामा अध्यक्ष पदका लागि नेकपाले गिरी सिञ्जालीको नाम सर्वसम्मत चयन गरेको नेकपा गुल्मीका सचिव वीरबहादुर कार्कीले जानकारी दिए । सिञ्जाली सोही वडाका वडासदस्य हुन् । उनलाई वडासदस्य पदबाट राजीनामा गराई […]

गुल्मीको रेसुङ्गामा सामुहिक गाईपूजा

११ कात्तिक, रेसुङ्गा । गुल्मीको रेसुङ्गास्थित गौशालामा सामुहिक गाईपूजा गरिएको छ । गाईको महत्वबारे जानकारी दिन पहिलोपटक गौ-प्रवचन पनि आयोजना गरिएको छ । रेसुङ्गा संरक्षण समितिको आयोजनामा औँसीको अवसर पारेर प्रसिद्ध धार्मिकस्थल रेसुङ्गाको गौशालामा रहेका गाईहरुको सामूहिक पूजा र गौप्रवचन गरिएको हो । रेसुङ्गाको गौशालामा हरेक वर्ष सामुहिक गाईपूजा हुँदै आएको छ । गाईपूजा गर्न […]

देउसी भैलो सवार ट्याक्टर दुर्घटना हुँदा १५ जना घाइते

११ कात्तिक, गुल्मी । देउसी भैलो टोली सवार ट्याक्टर गुल्मीको इस्मा गाउँपालिका वडा नम्बर ६ मा दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर छ । आइतबार राति बुल्मबाट चौरासीतर्फ जाँदै गरेको लु ३ त ४०२ नम्बर ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) राजेन्द्रसिंह खड्काले जानकारी […]

शिक्षा विकास निर्देशनालयका इन्जिनियर घुससहित पक्राउ

९ कात्तिक, बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शिक्षा विकास निर्देशनालय प्रदेश नं. ५ बुटवलका दुई जना कर्मचारीलाई घुससहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा करार सेवामा कार्यरत सब-इन्जिनियर सन्दिप पौडेल र जे.सी.भी. चालक बिक्रम बस्नेत छन् । उनीहरुले सेवाग्राहीबाट लिएको एक लाख २० हजार रुपैयाँसमेत बरामद भएको अख्तियारका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी […]

तिलोत्तमा नगरपालिकाले दियो दुग्ध उत्पादक किसानलाई अनुदान

८ कात्तिक, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले दुग्ध उत्पादक किसानलाई उत्पादनको आधारमा नगद अनुदान वितरण गरेको छ । दूधमा आत्मनिर्भर तिलोत्तमाले व्यवसायिक पशुपालनलाई प्रोत्साहन गर्न उत्पादनमा आधारित अनुदान कार्यक्रम अघि बढाएको हो ।नगरपालिकाले दुई वर्षदेखि पशु बीमा रकममा ५० प्रतिशत अनुदान पनि दिँदै आएको छ । अनुदानमा साना किसानको पहुँचलाई बढाउँदै दुग्ध उत्पादनमा प्रोत्साहन गर्न […]

भैरहवाका पसलमा बाख्रीको सडेको मासु !

७ कात्तिक, बुटवल । रुपन्देहीको भैरहवाका केही मासु पसलबाट गुणस्तरहीन मासु बिक्री भएको पाइएको छ । सिद्धार्थनगर नगरपालिकाले बिहीबार नगर क्षेत्रभित्रका मासु पसलहरुमा अनुगमन गर्दा अधिकांश पसलमा सडेगलेको मासु भेटिएको हो । वडानम्बर ७ को जनकपथ, ५ को वीपीपथ र वडानम्बर १३ को हाटबजार लाइनमा रहेका मासु पसलको अनुगमन गर्दा १२ पसलबाट एक क्विन्टल बढी […]

सुत्ने सुविधासहित मणिग्राम-काठमाडौं बस सेवा सुरू

७ कात्तिक, तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई काठमाडौंसँग सडक यातायातले सिधा जोड्ने उद्देश्यले पहिलोपटक मणिग्राम-काठमाडौँ सुविधायुक्त वातानुकूलित बस सेवा सुरु भएको छ । बसमा तीनजना सुत्न मिल्ने गरी स्लीपर सिटको समेत व्यवस्था छ । तिलोत्तमा नगरबासी यात्रुहरुले बुटवल तथा भैरहवाबाट टिकट काटेर यात्रा गर्नुपर्दा समस्या भएकाले मणिग्राम-काठमाडौं एसी बस सेवा सञ्चालन गरिएको हो । नगरपालिकाले […]

योजनालाई जनतासँग नजोडे विकास हुँदैन : मुख्यमन्त्री पोखरेल

६ कात्तिक, बाँके । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोेखरेलले हरेक विकास योजनालाई जनतासँग जोड्नुपर्ने बताएका छन् । उनले जनताको साथ विनाका विकास योजना कहिल्यै पनि सफल नहुने भन्दै यसमा सबैको साथ र सहयोग लिएर अगाडि बढ्न सुझाए । बाकेको खजुरा गाउँपालिकामा प्रदेश ५ मै पहिलो गाउँपालिका स्तरमा बृहत सम्मेलन आयोजना गरिएको खजुरा सम्मेलनको उद्घाटन […]

नेपाल-चीन समझदारी संविधान विपरीत : बालकृष्ण खाँण

४ कात्तिक, बुटवल । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले नेपाल र चीनबीभ भएको सहमति र समझदारी संविधान विपरीत भएको दावी गरेका छन् । खाँणले चिनियाँ राष्ट्रपति सी चिनफिङ र नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीबीच दुई देशीय सहमति र समझदारी पत्रमा भएको हस्ताक्षर असंवैधानिक भएको टिप्पणी गरे । चीनका राष्ट्रपति सी कार्यकारी र नेपालकी राष्ट्रपति भण्डारी […]

पक्राउ परेका विप्लवका नेता-कार्यकर्ताको फोटो खिच्न निषेध !

३० असोज, घोराही । दाङबाट पक्राउ परेका विप्लव समूहका नेता-कार्यकर्ताहरुको फोटो खिच्न प्रहरीले रोक लगाएको छ । साथै पक्राउ परेकाहरुको नामावली पनि औपचारिक रुपमा प्रहरीले सार्वजनिक गर्न मानेको छैन । जिल्ला प्रहरी कार्यालय दाङ, लमही र गढवाको संयुक्त टोलीले बुधबार नेपाल-भारत सीमानाको जंगलबाट २१ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा विप्लव समूहका मध्यपश्चिम कमाण्ड […]

विप्लवका दाजु चन्द्रबहादुर चन्द दाङबाट पक्राउ

३० असोज, काठमाडौं । नेपाल प्रहरीले दाङमा चलाएको अपरेशनका क्रममा पक्राउ पर्ने विप्लव समूहका नेतामा मध्यपश्चिम ब्युरो कमाण्ड इञ्चार्ज चन्द्रबहादुर चन्द (बीरजंग) पनि रहेको खुलेको छ । ५ नं. प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय, दाङबाट खटिएको टोलीले समूहको राप्ती ब्युरो बैठकमा छापा हानेको थियो । त्यहाँबाट महत्वपूर्ण दस्तावेजसहित २१ जना नेतालाई पक्राउ गरिएको […]

विप्लव समूहको बैठकमा प्रहरीको छापा, २१ नेता पक्राउ

३० असोज, काठमाडौं । नेपाल प्रहरीले प्रतिबन्धित विप्लव समूहको राप्ती ब्युरो बैठक स्थलमा घेरा हालेर २१ जना नेताहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विप्लवका दाजु चन्द्रबहादुर चन्द ‘बीरजंग’लगायत छन् । ५ नं. प्रदेश प्रहरी कार्यालय, तुल्सीपुर र जिल्ला प्रहरी कार्यालय, दाङको टोलीले विशेष सुराकीका आधारमा बैठकस्थल घेरेर २१ जना नेतालाई पक्राउ गरेको हो । […]

बुटवलका युवाले बनाए व्याट्रीबाट चल्ने चारपाङ्ग्रे बाइक

२८ असोज,बुटवल । बुटवल देवीनगरका एक युवाले व्याट्रीबाट चल्ने चार पाङग्रे मोटरसाइकल बनाएका छन् । बुटवलको अक्सफोर्ड मावि कक्षा १२ का विद्यार्थी कपिल ज्ञवालीले एटीभी क्वाड नामको चार पाङग्रे मोटरसाइकल बनाएका हुन् । ज्ञवालीले नेपालमा पहिलोपटक आफूले यस्तो मोटरसाइकल बनाएको दावी गरे । विद्युत चार्ज गरेर चलाउन सकिने यो मोटरसाइकल प्रतिघण्टा करिब ६५ किलोमिटर गतिमा […]

हराउँदै गुल्मीको मौलिक सरायँ नाच

२७ असोज, गुल्मी । गुल्मीको पुरानो मौलिक सरायँ नाच लोप हुन थालेको छ । तरवार नचाएर एक आपसमा खुसी साटासाट गर्ने सरायँ नाच गुल्मीलगायत आसपासका क्षेत्रहरुमा नाचिन्थ्यो । यो एउटा खेल पनि हो । प्रायः सरायँ नाच दशैंको टीकाको दिनदेखि कोजाग्रत पूणिर्माको दिनसम्म देखाउने प्रचलन थियो । परापूर्वकालदेखि नाच्न थालिएको सरायँ घरबाट टाढा गएकाहरु दशैंंमा […]