+
+
Shares

पाल्पामा टिपर दुर्घटना हुँदा सहचालकको मृत्यु

कमल अधिकारी कमल अधिकारी
२०८३ साउन १२ गते ८:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पाल्पाको तानसेन नगरपालिका–१२ मा भएको टिपर दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
  • दुर्घटनामा बागलुङका २५ वर्षीय सहचालक तेजेन्द्र कुमालको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
  • प्रहरीले टिपर चालक मिन बहादुरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।

१२ साउन, पाल्पा । पाल्पामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

हार्थोकबाट रिडीतर्फ जाँदै गरेको लु २ ख २४४७ नम्बरको टिपर गएराति तानसेन नगरपालिका–१२ गाईघाट नजिकै ओरालोमा अनियन्त्रित भई दुर्घटना भएको थियो ।

दुर्घटनामा बागलुङको ढोरपाटन नगरपालिका–१ खप्तरीवाङका २५ वर्षीय तेजेन्द्र कुमालको मृत्यु भएको  प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनी टिपरका सहचालक हुन् ।

लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको क्रममा सहचालक कुमालको मृत्यु भएको जिल्ला प्रहरीले कार्यालय पाल्पाले जनाएको छ ।

अवस्था सामान्य रहेका टिपर चालक मिन बहादुरलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?