News Summary
Generated by OK AI. Editorially reviewed.- पाल्पामा टिपर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्।
- टिपर झडेवाबाट चुनढुंगा खानीतर्फ जाँदै गर्दा झडेवा सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ।
- दुर्घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
७ चैत, बुटवल । पाल्पामा टिपर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । एकजना गम्भीर घाइते भएका छन्।
शनिबार साँझ भएको दुर्घटनामा ज्यान गुमाउनेहरुमध्ये अर्घाखाँचीको शीतगङ्गा नगरपालिका-४ सिद्धाराका २६ वर्षीय चिन्ताबहादुर सुनारको मात्र सनाखत भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा तानसेन नगरपालिका-१० पटुवाका ३३ वर्षीय राजन चिदी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले बताए।
प्रहरी नायब उपरीक्षक चौधरीका अनुसार माथागढी गाउँपालिकाको झडेवाबाट रहबास चुनढुंगा खानीतर्फ जाँदै गरेको लु २ ख ४५२५ नम्बरको टिपर माथागढी गाउँपालिका-७ रहबासस्थित झडेवा रहबास भित्री कच्ची सडकखण्डमा शनिबार साँझ दुर्घटना भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएकाहरूलाई तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा लगिए पनि चिकित्सकले तीन जनालाई मृत घोषणा गरेका डीएसपी चौधरीले बताए ।
गम्भीर घाइते मगरको सोही अस्पतालमा उपचार भइरहेको छ । ।
टिपर सडकबाट करिब ५० मिटर तल खसेको छ । दुर्घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4