७ साउन, काठमाडौं । पाल्पाको तिनाउ गाउँपालिका–३ छहरागैरामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पाल्पाको तिनाउँ गाउँपालिका–३ सिसुवाका ३५ वर्षीय हेमबहादुर लम्तरी छन् ।
बुटवलबाट पाल्पा सदरमुकाम तानसेनतर्फ जाँदै गरेको लु २ ख १७१९ नम्बरको खाली टिपर गएराति करिब ११ बजे आफैं अनियन्त्रित भई दुर्घटना भएको थियो । टिपर सडकबाट करिब १२० मिटर तल खोल्सामा खसेको छ ।
प्रहरी चौकी दोभान पाल्पाबाट खटिएको प्रहरी टोलीले चालकलाई उद्धार गरी उपचारका लागि बुटवलमा पठाएको थियो । गम्भीर घाइते भएका चालकको बुटवलस्थित मर्सिसिटी अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4