+
+
Shares

कांग्रेस, रास्वपा र राप्रपाबाहेक प्युठानका प्रमुख दलले टुंग्याए उम्मेदवार

नेकपा एमालेबाट सूर्य थापा, नेपाली कम्युनिस्ट पार्टीबाट कृष्णध्वज खड्का र राष्ट्रिय जनमोर्चाबाट तिलक जिसी उम्मेदवार बनेका छन् । यस्तै नयाँ राजनीतिक शक्तिका रूपमा देखिएको श्रम संस्कृति पार्टीबाट गोविन्द गिरी, नेपाली जनता दलबाट विमल पोख्रेल र प्रगतिशील लोकतान्त्रिक पार्टीबाट श्याम गहतराज चुनावी प्रतिस्पर्धामा छन् ।

सलिम मिया सलिम मिया
२०८२ माघ ५ गते १०:०५

५ माघ, प्युठान । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्युठानमा नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाबाहेकका प्रमुख राजनीतिक दलले आफ्ना उम्मेदवार टुंग्याएका छन् ।

एकमात्र निर्वाचन क्षेत्र रहेको प्युठानमा नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय जनमोर्चासहित ६ वटा दलले उम्मेदवार सार्वजनिक गरिसकेका छन् । तर, नेपाली कांग्रेस र रास्वपाले भने हालसम्म उम्मेदवार घोषणा गरेका छैनन् ।

नेकपा एमालेबाट सूर्य थापा, नेपाली कम्युनिस्ट पार्टीबाट कृष्णध्वज खड्का र राष्ट्रिय जनमोर्चाबाट तिलक जिसी उम्मेदवार बनेका छन् । यस्तै नयाँ राजनीतिक शक्तिका रूपमा देखिएको श्रम संस्कृति पार्टीबाट गोविन्द गिरी, नेपाली जनता दलबाट विमल पोख्रेल र प्रगतिशील लोकतान्त्रिक पार्टीबाट श्याम गहतराज चुनावी प्रतिस्पर्धामा छन् ।

एमाले केन्द्रीय सदस्य सूर्य थापा विघटित प्रतिनिधिसभाका सदस्यसमेत हुन् । २०७९ को निर्वाचनमा पाँचदलीय गठबन्धनका बाबजुद उनले ५ हजार ३०४ मतको अन्तरसहित ४१ हजार ११८ मत ल्याएर विजयी भएका थिए । उनी देशभर ४० हजारभन्दा बढी मत ल्याएर जित्ने १० सांसदभित्र पर्छन् ।

नेपाली कम्युनिस्ट पार्टीबाट टिकट पाएका कृष्णध्वज खड्का लुम्बिनी प्रदेशका पूर्वअर्थ तथा सहकारीमन्त्री हुन् । उनी सालिन र अनुभवी नेताका रूपमा परिचित छन् ।  तर, अर्का आकांक्षी डा. भोजविक्रम बुढामगरले खड्कालाई टिकट दिएपछि सामाजिक सञ्जालमार्फत असन्तुष्टि पोखेका छन् ।

उता, नेकपा एमाले प्युठानका अध्यक्ष विजय विराज विष्टले पार्टीले उम्मेदवार टुंग्याइसकेको भन्दै निर्वाचनमा एकताबद्ध भएर लाग्न कार्यकर्तालाई अपिल गरेका छन् ।

माघ ६ गते मंगलबार उम्मेदवारको मनोनयन दर्ता हुने कार्यक्रम छ । खलंगास्थित डिभिजन वन कार्यालयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ । कार्यालयले आइतबार सर्वदलीय तथा सर्वपक्षीय बैठकसमेत सम्पन्न गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?