+
+
Shares

कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ११ गते १७:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कपिलवस्तुको वाणगंगा नगरपालिका–३ तीनकुनेमा मोटरसाइकलको ठक्करबाट ६३ वर्षीया जलिया थारूको मृत्यु भएको छ ।
  • वाणगंगा नगरपालिका–४ गजेहडाकी थारूको युनाईटेड अस्पताल ठाकुरापुरमा उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको हो ।
  • प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान गरिरहेको छ ।

११ कात्तिक, काठमाडौं । कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

वाणगंगा नगरपालिका–३ तीनकुनेस्थित सडकमा लु.१ ब ३४१६ नम्बरको मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको निधन भएको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, सोही नगरपालिका–४ गजेहडा बस्ने ६३ वर्षीया जलिया थारूको बुधबार बिहान मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको युनाईटेड अस्पताल ठाकुरापुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई दुर्घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?