News Summary
Generated by OK AI. Editorially reviewed.- उदयपुरको त्रियुगा नगरपालिका–११ संगम टोलमा स्कुटरको ठक्करबाट पैदलयात्री ५२ वर्षीय राम बहादुर कार्कीको मृत्यु भएको छ।
- ईनार चोकबाट पिपलचोकतर्फ आउँदै गरेको प्र.३–०२–०१२ प ४८२२ नम्बरको स्कुटरले उनलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
- गम्भीर घाइते कार्कीको जिल्ला अस्पताल उदयपुरमा उपचारका क्रममा मृत्यु भएको र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
८ कात्ति, काठमाडौं । उदयपुरमा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
त्रियुगा नगरपालिका–११ संगम टोलस्थित सडकमा ईनार चोकबाट पिपलचोकतर्फ आउँदै गरेको प्र.३–०२–०१२ प ४८२२ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री मृत्यु भएको हो ।
मृत्यु हुनेमा सोही ठाउँ बस्ने ५२ वर्षीय राम बहादुर कार्की रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
स्कुटर चालकलाई नियन्त्रणमा लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4