+
+
Shares

रुकुम पूर्वमा उत्साहजनक मतदान : सवा ९ बजेसम्म २१ प्रतिशत मत खस्यो

​मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बिहान ९:१५ बजेसम्म जिल्लाभर ३ हजार ६ सय ९५ मत खसेको छ । यो कुल मतदाता संख्याको २१.२४ प्रतिशत हो ।

बालाराम शेर्पाली बालाराम शेर्पाली
२०८२ फागुन २१ गते ९:४१

२१ फागुन, रुकुमपूर्व । प्रतिनिधिसभा सदस्यका लागि बिहीबार जारी निर्वाचनमा लुम्बिनीको एउटा मात्रै हिमाली जिल्ला रुकुमपूर्वमा मतदाताको उत्साहजनक सहभागिता देखिएको छ । एक मात्र निर्वाचन क्षेत्र रहेको यस जिल्लामा बिहानैदेखि शान्तिपूर्ण रूपमा मतदान भइरहेको निर्वाचन कार्यालयले जनाएको छ ।

​मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बिहान ९:१५ बजेसम्म जिल्लाभर ३ हजार ६ सय ९५ मत खसेको छ । यो कुल मतदाता संख्याको २१.२४ प्रतिशत हो । ५७ वटा मतदान स्थल रहेको रुकुम पूर्वका सबै केन्द्रमा बिहान ७ बजेदेखि नै मतदान सुरु भएको थियो ।

प्रारम्भिक तथ्यांकअनुसार बिहानको समयमा महिलाको तुलनामा पुरुष मतदाताको संख्या केही बढी देखिएको छ । ९:१५ सम्म १ हजार ९ सय ६८ पुरुष र १ हजार ७ सय २७ महिलाले मतदान गरिसकेका छन् ।

​कुन पालिका कति खस्याे मत ?

जिल्लाका तीनवटै स्थानीय तहमध्ये सिस्ने गाउँपालिकामा सबैभन्दा बढी मत खसेको छ । ​सिस्ने गाउँपालिका: १ हजार ४ सय ६ मत खसेकाे छ । यस्तै ​पुथा उत्तरगंगा गाउँपालिका: १ हजार १ सय ५८ मत र ​भूमे गाउँपालिकामा १ हजार १ सय ३१ मत खसेकाे छ।

​भौगोलिक रूपमा विकट र चिसो मौसम भए तापनि मतदाताहरू बिहानैदेखि मतदान केन्द्रमा लाइन लागेका छन् । “सबै मतदान स्थलमा मतदान प्रक्रिया शान्तिपूर्ण र सुचारु रूपमा अघि बढिरहेको छ,” जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

​रुकुम पूर्वमा सुरक्षा व्यवस्थालाई कडा पारिएको छ भने सुरक्षा निकायले मतदान स्थलको संवेदनशीलताका आधारमा सुरक्षाकर्मी परिचालन गरेको छ ।

 

लेखक
बालाराम शेर्पाली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?