+
+
Shares

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु, दुई जना घाइते

तत्काल उद्धार गरेर जिल्ला अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।  

बालाराम शेर्पाली बालाराम शेर्पाली
२०८२ फागुन १८ गते २०:३३

१८ फागुन, रुकुम पूर्व । रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा सोमबार दिउँसो भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका अनुसार कमलदहबाट कैँची मोडतर्फ जाँदै गरेको भे ८ प ६७९७ नम्बरको मोटरसाइकल दिउँसो दुर्घटनामा परेको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका चालक आठबिसकोट नगरपालिका–११, ढुकसेनीका १९ वर्षीय समीर गिरीको उपचारका क्रममा मृत्यु भएको हो । तत्काल उद्धार गरेर जिल्ला अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा १८ वर्षीय सुरेश गिरी र त्रिवेणी गाउँपालिका-७ की १० वर्षीया बालिका अनिता डाँगी घाइते भएको प्रहरीले जनाएको छ । उनीहरूको अहिले जिल्ला अस्पतालमै उपचार भइरहेको छ ।

लेखक
बालाराम शेर्पाली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?