१८ फागुन, सिरहा । सिरहामा बस र मोटरसाइकल आपसमा ठोकिंदा २ युवकको मृत्यु भएको छ । दुर्घटनामा एक किशोर सख्त घाइते भएका छन् ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरापलिका-३ जमनटोकी नजिक आइतबार राति बस र मोटरसाइकल ठोकिँदा धनगढीमाई नगरपालिका-८ का ३७ वर्षीय सन्तोष महतो र २० वर्षीय अमन रायको मृत्यु भएको हो ।
गोलबजारबाट पूर्वतर्फ आउँदै गरेको स.५प. ४७५९ नम्बरको मोटरसाइकल र धरानबाट भैरहवातर्फ जाँदै गरेको लु२ख १०८५ नम्बरको बस ठोकिँदा घाइते भएका उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर सुधन केसीले जानकारी दिए ।
दुर्घटनामा परी १७ वर्षीय धिरज मण्डल सख्त घाइते भएका छन् । मृतक र घाइते तीनै जना एउटै मोटरसाइकलमा सवार थिए ।
घाइते मण्डलको विराटनगरमा उपचार भइरहेको छ । मृतकको शव पोष्टमार्टमको लागि लहानस्थित रामकुमार उमाप्रसाद प्रदेशिक अस्पतालमा राखिएको छ ।
बस र चालक प्रहरीको नियन्त्रणमा छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया 4