+
+
Shares

प्रचण्डको जित सुनिश्चित

प्रचण्डले हालसम्म ८ हजार ७४७ मत प्राप्त गरेका छन् । रुकुमपूर्वमा १५ हजार ८२३ मत खसेको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २२ गते १७:१३

२२ फागुन, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को जित सुनिश्चित भएको छ । रुकुम पूर्वमा उम्मेदवार रहेका प्रचण्डले हालसम्म ८ हजार ७४७ मत प्राप्त गरेका छन् ।

रुकुमपूर्वमा हालसम्म १५ हजार ८२३ मत गणना भएकाे छ ।  यहाँ कुल १९ हजार १०६ मत खसेकाे थियाे ।

प्रचण्डलाई पछ्याएका नेकपा एमाले उम्मेदवार लिलामणि गौतमले तीन हजार १७ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली कांग्रेसकी उम्मेदवार कुसुमदेवी थापाले २ हजार ४७७ मत ल्याएकी छन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उम्मेदवार लखनकुमार थापाले ७१२ मत ल्याउँदा प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार सन्दीप पुनले १८६ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?