२१ फागुन, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्तिपूर्वक, सभ्य र लोकतान्त्रिक वातवरणमा निर्वाचन सम्पन्न भएको बताएका छन् ।
मतदान सम्पन्न भएलगत्तै सामाजिक सञ्जाल फेसबुकमार्फत उनले तमाम आशंका चिर्दै निर्वाचन सम्पन्न भएको बताएका हुन् ।
‘एउटा जटील राजनीतिक परिस्थितिलाई सहजतातर्फ लैजान घोषणा भएको प्रतिनिधि सभाको निर्वाचन तमाम आशंका चिर्दै शान्तिपूर्ण, सभ्य र लोकतान्त्रिक वातावरणमा सम्पन्न भएको छ,’ चुनाव सम्पन्न भएपछि आज फेसबुकमा उनले लेखेका छन्।
उनले मतदानमार्फत जनताले देखाएको उच्च सहभागिता, संयम र संघीय लोकतान्त्रिक गणतन्त्रप्रतिको विश्वाले यो प्रणालीलाई अझ सुदृढ बनाएको छ । ‘एउटा जटील राजनीतिक परिस्थितिलाई सहजतातर्फ लैजान घोषणा भएको प्रतिनिधि सभाको निर्वाचन तमाम आशंका चिर्दै शान्तिपूर्ण, सभ्य र लोकतान्त्रिक वातावरणमा सम्पन्न भएको छ,’ उनले भनेका छन्, ‘म नेपाल सरकार, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, सहभागी राजनीतिक दलहरू, नागरिक समाज एवम संपुर्ण मतदाताप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु। मतदानमार्फत जनताले देखाएको उच्च सहभागिता, संयम र संघीय लोकतान्त्रिक गणतन्त्रप्रतिको विश्वासले हाम्रो प्रणालीलाई अझ सुदृढ बनाएको छ। आगामी दिनमा जनताको निर्णयलाई सम्मान गर्दै देश र जनताको हितमा सबै पक्ष मिलेर अघि बढ्ने विश्वास व्यक्त गर्दछु।’
प्रतिक्रिया 4