+
+
Shares

प्रचण्ड भन्छन्- निर्वाचनले लोकतन्त्रलाई सुदृढ बनायो

‘एउटा जटिल राजनीतिक परिस्थितिलाई सहजतातर्फ लैजान घोषणा भएको प्रतिनिधिसभाको निर्वाचन तमाम आशङ्का चिर्दै शान्तिपूर्ण, सभ्य र लोकतान्त्रिक वातावरणमा सम्पन्न भएको छ,’ प्रचण्डले फेसबुकमा लेखेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २१ गते १८:३८

२१ फागुन, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनले नेपाली लोकतन्त्रलाई अझ मजबुत पारेको बताएका छन् । उनले मतदानमार्फत जनताले देखाएको उच्च सहभागिता, संयम र संघीय लोकतान्त्रिक गणतन्त्रप्रतिको विश्वासले लोकतान्त्रिक प्रणालीलाई अझ सुदृढ बनाएको बताएका हुन् ।

‘एउटा जटिल राजनीतिक परिस्थितिलाई सहजतातर्फ लैजान घोषणा भएको प्रतिनिधिसभाको निर्वाचन तमाम आशङ्का चिर्दै शान्तिपूर्ण, सभ्य र लोकतान्त्रिक वातावरणमा सम्पन्न भएको छ,’ प्रचण्डले फेसबुकमा लेखेका छन् ।

शान्तिपूर्ण, सभ्य र लोकतान्त्रिक वातावरणमा सम्पन्न निर्वाचन सम्पन्न गर्न सफल भएकामा सरकार, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, सहभागी राजनीतिक दलहरू, नागरिक समाज एवं सम्पूर्ण मतदाताप्रति उनले आभार प्रकट गरेका छन् ।

आगामी दिनमा जनताको निर्णयलाई सम्मान गर्दै देश र जनताको हितमा सबैपक्ष मिलेर अघि बढ्ने उनको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?