+
+
Shares

बुटवलमा उच्च अदालत अगाडिको सरकारी जग्गामा बसेको बस्ती हटाउन सुरु

तत्कालीन लुम्बिनी अञ्चलाधीश कार्यालयको नाममा रहेको र पछि उच्च अदालत तुल्सीपुर बुटवल इजलासको नाममा भोगाधिकार दिइएको जग्गामा बनाइएका संरचना हटाउन सुरु गरिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १३ गते ७:३५
उपमहानगरको निर्देशनपछि बिहानैदेखि त्यहाँ बनेका आधा दर्जन टहराधनीले सामान अन्यत्र सार्न थालेका छन् ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बुटवल उपमहानगरपालिकाले वडा नं ४ उच्च अदालत अगाडि सरकारी जग्गामा बसेको बस्ती खाली गर्न शुरु गरेको छ।
  • सरकारी जग्गामा बनेका संरचना हटाउन २०७० सालमै सूचना जारी गरिएको थियो तर बस्ती हटेको थिएन।
  • वडाध्यक्ष नरिश्वर शर्मा पौडेलले संरचना हटाउन साविक कित्ता नं ३९६ अन्तर्गत विभिन्न कित्तामा छुट्टयाउने काम भइरहेको बताए।

१३ वैशाख, बुटवल । बुटवल उपमहानगरपालिका वडा नं ४ उच्च अदालत अगाडि सरकारी जग्गामा बसेको बस्ती खाली गर्न शुरु भएको छ ।

तत्कालीन लुम्बिनी अञ्चलाधीश कार्यालयको नाममा रहेको र पछि उच्च अदालत तुल्सीपुर बुटवल इजलासको नाममा भोगाधिकार दिइएको साविक कित्ता नं ३९६ मा बनाइएका संरचना हटाउन लागिएको हो ।

संघीय सरकारले काठमाडौंका सुकुम्बासी बस्ती खाली गराउन शुरु गरेपछि रुपन्देहीमा पनि अतिक्रमित सरकारी जग्गा संरक्षण गर्न थालिएको हो ।

बुटवल उपमहानगरपालिकाले शनिबार साँझ अबेर माइकिङ गर्दै  सरकारी जग्गामा बनेका संरचना हटाउन भनेको थियो ।  उपमहानगरको निर्देशनपछि बिहानैदेखि त्यहाँ बनेका आधा दर्जन टहराधनीले सामान अन्यत्र सार्न थालेका बुटवल ४ का वडाध्यक्ष नरिश्वर शर्मा पौडेलले जानकारी दिए ।

साविकको कित्ता नं ३९६ अन्तर्गत हाल कित्ता नं ७, ८, १२, ६१, १३, ४ लगायत कित्ता पर्ने भएकाले कुन कित्तामा कसको संरचना छ भन्ने छुट्टयाउने काम भइरहेको उनले बताए ।

वडाध्यक्ष शर्माले उक्त क्षेत्रमा बुटवल बार एशोसिएसन, प्रदेश प्रमुखको कार्यालय, लगायतका संघसंस्थाका संरचनाहरु रहेकाले ती साविकको कित्तामा पर्ने नपर्ने अझै थाहा हुन नसकेको र यकिन गर्ने काम भइरहेको बताए । उक्त सरकारी जग्गामा बसेको वस्ती हटाउन २०७० सालमै स्थानीय दैनिक पत्रिकामा सूचना जारी गरिएको थियो । तर वस्ती हटेको थिएन । त्यहाँ बनेका टहरा अधिकांश चिया पसल र रेष्टुरेन्ट थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?