+
+
Shares

पाल्पा २ मा एमालेका ठाकुर गैरेले नै पाए टिकट

‘बिहानसम्म राम बहादुर राउतको टिकट फाइनल थियो । अहिले केहीबेरमा प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले गैरेको टिकट लिएर आउनु भएको छ,’ एमाले पाल्पाका अध्यक्ष ओमबहादुर घर्तिले भने ।

कमल अधिकारी कमल अधिकारी
२०८२ माघ ६ गते ८:५७

६ माघ, पाल्पा । पाल्पा क्षेत्र नम्बर २ मा नेकपा एमालेले ठाकुर गैरेलाई नै प्रतिनिधि सभा सदस्य निर्वाचनको टिकट दिएको छ । नेकपा एमाले पाल्पाका अध्यक्ष ओमबहादुर घर्तिका अनुसार आज बिहान मात्रै प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले गैरेको टिकट लिएर पाल्पा आउँदै गरेको जानकारी दिए ।

‘बिहानसम्म राम बहादुर राउतको टिकटको फाइनल थियो । अहिले केहीबेरमा अध्यक्षले गैरेको टिकट लिएर आउनु भएको छ,’ घर्तीले भने ।

ठाकुर गैरेले पनि आफूले टिकट पाएको अनलाइनखबरसँग बताए ।

यसअघि गत शनिबार बेलुका पाल्पा २ बाट एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल उम्मेद्वार बन्ने निर्णय भएको थियो । आइतबार एकल सिफारिस भएको रूपन्देही २ बाटै पौडेललाई उम्मेदवार बनाउने निर्णय भएपछि पाल्पा २ मा राम बहादुर राउतले टिकट पाएका थिए ।

अघिल्लोपटक चुनाव जितेका ठाकुर गैरेलाई टिकट नदिएर ओली निकट राउतलाई टिकट दिइएको भन्दै एमाले नेतृत्वको आलोचना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?