२१ असोज, गुल्मी । गुल्मीका चार स्थानीय तहका विभिन्न स्थानमा आज दिनभर विद्युत् सेवा बन्द हुने भएको छ ।
नेपाल विद्युत् प्राधिकरण गुल्मी वितरण केन्द्रका अनुसार उनायचौर-किसानटारी ३३ केभी विद्युत् प्रसारण लाइन नजिक रहेका रुखका हाँगा काट्ने कार्यका लागि विद्युत् सेवा बन्द गर्न लागिएको हो ।
विद्युत् लाइनको सुरक्षित सञ्चालन तथा सम्भावित जोखिम न्यूनीकरण गर्ने उद्देश्यले गरिने उक्त कार्यका कारण मालिका, मदाने, धुर्कोट र इस्मा गाउँपालिकाका विभिन्न स्थानमा बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुने वितरण केन्द्रले जनाएको छ ।
तोकिएको समयमा रुखका हाँगा काट्ने तथा आवश्यक मर्मतसम्भारको काम गरिने भएकाले सम्बन्धित क्षेत्रका विद्युत् उपभोक्तालाई आफ्नो दैनिक कामको व्यवस्थापन गर्न आग्रह गरिएको छ ।
वितरण केन्द्रका अनुसार निर्धारित समयभन्दा अगावै काम सम्पन्न भएमा सोहीअनुसार विद्युत् सेवा पुनः सञ्चालन जनाएको छ । कामको अवस्था हेरी तोकिएको समयभन्दा अगाडि नै विद्युत् सेवा सुचारु हुन सक्ने जनाइएको छ।
प्रतिक्रिया 4