+
+
Shares

म्याग्दीको लुलाङमा १० दिनदेखि विद्युत् सेवा अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३२ गते १०:०८

३२ असार, म्याग्दी (बेनी) । म्याग्दीको धौलागिरि गाउँपालिका-२ लुलाङमा १० दिनदेखि विद्युत् सेवा अवरुद्ध बनेको छ । दरखोला दोस्रो लघुजलविद्युत् परियोजनाको विद्युत्गृहका उपकरणमा चट्याङले क्षति पुर्‍याएपछि यस परियोजनाबाट विद्युत् सेवा उपभोग गरिरहेका करिब ४०० घर विद्युत् सुविधाबाट वञ्चित भएका छन् ।

चट्याङले विद्युत्गृहको एलसी प्लेट जलेको र उपकरण मर्मतका लागि बुटवल पठाइएको परियोजनाका अपरेटर हर्कबहादुर पुर्जाले जानकारी दिउ । उद्काद अनुसार यस परियोजनाबाट लुलाङ, लमसुङ, खोरीया, मरेनी टोलका बासिन्दाले विद्युत् सुविधा उपभोग गर्दै आएका थिए ।

पचास किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत् परियोजनामा प्राकृतिक प्रकोप र चट्याङको कारण स्थानीयले हरेक वर्ष सास्ती बेहोर्दै आएका छन् । विद्युत् अभावमा रातको समयमा सिङ्गो वडा अन्धकार बनेको छ भने विद्यार्थीलाई पठनपाठन, घरेलु उद्योग सञ्चालन र वडा कार्यालयको सेवा प्रवाहमा समेत समस्या भएको छ ।

मोबाइललगायतका विद्युतीय सामग्रीको चार्ज गर्ने प्रबन्ध नहुँदा यहाँ सञ्चार सेवा प्रभावित बनेको छ । गत जेठ महिनामा लुलाङमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा पुगेको भए पनि स्थानीयवासीको घरमा मिटरबक्स जडान र वायरिङ नहुँदा अहिलेसम्म केन्द्रीय विद्युतीकरण प्रयोगमा आएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?