१४ वैशाख, गुल्मी । पश्चिम गुल्मी क्षेत्रमा आइतबार दिउँसोदेखि विद्युत सेवा अवरुद्ध भएको छ । बस्तु सब-स्टेसनअन्तर्गत ११ केभी बस्तु फिडरको प्यानलमा एक्कासी आगलागी भएपछि विद्युत आपूर्ति प्रभावित भएको हो ।
प्यानलमा आएको खराबी मर्मत गर्न प्राविधिक टोली खटिएको छ भने पूर्ण रूपमा मर्मत गर्न केही समय लाग्ने जनाइएको छ ।
यस फिडरबाट सेवा लिने धुर्कोट बस्तु, धुर्कोट रजस्थल र धुर्कोट वाग्ला लगायतका पश्चिम गुल्मीका धेरै क्षेत्रमा विद्युत सेवा ठप्प भएको बताइएको छ ।
नेपाल विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रले मर्मत कार्य भइरहेकाले सेवा सुचारु हुन केही समय लाग्ने भन्दै उपभोक्तालाई धैर्य गर्न अनुरोध गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4