१४ वैशाख, गुल्मी । धुर्कोट गाउँपालिका–७ वाग्ला लाटीचौरमा चट्याङ पर्दा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। २६ वर्षीया बसन्ता परियारको घरमा चट्याङ पर्दा आगलागी भई घर पूर्ण रूपमा जलेर क्षति पुगेको हो।
घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। आगलागीका कारण एउटा कुखुरा मरेको छ भने घरमा बसोबास गर्दै आएका ६ जनाको परिवार विस्थापित भएका छन् । उनीहरू हाल बसन्ता परियारका ससुरा गणेश परियारको घरमा बसिरहेका छन् ।
घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी धुर्कोटवस्तुबाट प्रहरी सहायक निरीक्षक हर्कबहादुर साउदको कमाण्डमा प्रहरी टोली खटिएको थियो । घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4