१५ साउन, काठमाडौं । बाँकेको खजुरा गाउँपालिका–४ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयको भवन निर्माणको शिलान्यास भएको छ ।
काठमाडौंस्थित भारतीय राजदूतावासका काउन्सलर श्री गीतांजलि ब्रैंडन र खजुरा गाउँपालिकाका अध्यक्ष श्री डम्बर बहादुर विकले संयुक्त रूपमा उक्त भवनको शिलान्यास गरेका हुन् ।
भारत सरकारको आर्थिक सहयोग करिब नेरु ३.२ करोड लागतमा यो विद्यालय भवनको निर्माण हुँदैछ ।
उच्च प्रभाव सामुदायिक विकास परियोजना बाँकेको खजुरा गाउँपालिकामार्फत कार्यान्वयन हुनेछ । यो नेपालको बाँके जिल्लामा सञ्चालन भइरहेको ८ औँ उच्च प्रभाव सामुदायिक विकास परियोजना रहेको दूतावासले जनाएको छ ।
बाँकेको खजुरा गाउँपालिकाका अध्यक्ष तथा अन्य सरोकारवालाहरुले भारत सरकारद्वारा प्रदान गरिँदै आएको विकास सहयोगको प्रशंसा गरेका थिए ।
साथै, नयाँ पूर्वाधारले खजुरा गाउँपालिकाका विद्यार्थी र शिक्षकहरुका लागि सिकाइको वातावरण बढाउन मद्दत गर्ने विश्वास व्यक्त पनि गरे ।
नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको दूतावासको भनाइ छ ।
प्रतिक्रिया 4